बिराटनगर/ दुहबीमा १० सहित प्रदेश एकमा आज ७८७ जनामा कोरोना संक्रमण देखिएको छ भने ४६९ जना कोरोना संक्रमण मुक्त भएका छन्। २५०० जनाको परिक्षण भएको सामाजिक मंत्रालयले जनाएको छ। मोरङमा २६८, झापामा २५५, सुनसरीमा १९२, उदयपुरमा १४, धनकुटामा १२, संखुवासभामा ५, इलाम र ते¥हथुममा ४–४, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको
छ ।
मोरङको विराटनगरमा १००, सुन्दरहरैचामा ७६, उर्लाबारीमा २४, पथरीशनिश्चरेमा १९, बेलबारी र बुढीगंगामा १०–१०, मिक्लाजुङमा ५, ग्रामथान, धनपालथान र कटहरीमा ४–४, जहदा, रंगेली, लेटाङ, सुनबर्षी र स्थानीय तह नखुलेको २–२, कानेपोखरी र रतुवामाईमा १–१, सुनसरीको इटहरीमा ७४, धरानमा ६६, दुहवीमा १०, रामधुनीमा ९, इनरुवामा ८, गढी र बराहक्षेत्रमा ६–६, देवानगञ्जमा ५, भोक्राहानरसिंहमा ४, कोशी गाउँपालिकामा २, बर्जु र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ८४० पुगेको छ ।





