दुहबी/ सुनसरी को दुहबी नगरपालिका वडा नम्बर ४ मा सन्चालनमा रहेको साप्ताहि हाटबजार स्थलमा ब्यापारिहरु तथा उपभोक्ता लाइ बर्सातको समयमा पनि अनुकुल रहोस भन्ने हेतुले संघीय सरकार सग पहल गरि रु ३० लाख बजेट उपलब्ध गराउदै नगर प्रमुख गच्छदारले माटो तथा ग्राभेल भर्ने कार्य सुरु गराएका छन। गच्छदार ले स्थानिय उपभोक्ता समिती निर्माण गराइ उक्त काम समयमै सम्पन्न गर्न ताकेता गर्दै आएका थिए।
करिब १५ दिन अगाडि गठित उपभोक्ता समिती ले काम शुरु गरेको साथै मैदानमा माटो भर्ने कार्य सम्पन्न गरिसकेको छ भने ग्राभेल को काम तिब्र रुपमा अगाडि बढिएरहेको छ।
अनुगमनका क्रममा नगरप्रमुख बेद गच्छदार ,प्रमुख प्रशाशकिय अधिकृत बिनोद न्यौपाने ,लगायत नगरपालिका का कर्मचारी हरु र इन्जिनियर हरुको टिम को पनि उपस्थित रहेको थियो।
२० करोड को स्टिमेट लागतमा निर्माण हुन लागेको उक्त साप्ताहि हाटबजार गत मंसिर १५ देखि नै सन्चालनमा आएको थियो। हाटबजार लाई ब्यवस्थित बनाउन २०११ साल देखि दुहबी हाइ वे क्षेत्रका सडक खन्डमा भिडभाड भएको हुदा मेयर गच्छदार ले उपभोक्ता र नागरिकको सुरक्षा लाइ मध्यनजर गर्दै दृढ सन्कल्प र पहलकदमी गरि वडा नम्बर ४ मा हटिया सारेका थिए।
निर्माण जिम्मा लिएको उपभोक्ता समितीका अध्यक्ष सुरज दाहाल ले यदि बर्सादले समस्या शृजना नगरे अबको १ हप्ता भित्रमा ग्राभेल को काम साथै पानी निकासिको लागि २४ होमपाइप समेत लगाइ सम्पुर्ण काम सम्पन्न गरि सकिने मेयर गच्छदार लाई जानकारी दिए।
अनुगमनका क्रममा गच्छदार ले दुहबी वडा नम्बर ४ मा प्रशुराम कार्की को घर छेउमा टेङ्रा खोलाले कटान गरि भत्किएको सडक समेत १/२ दिन भित्रमै निर्माण कार्य शुरु हुने समेत बताए।





