दुहबी/ दुहबीका ज्येष्ठ नागरिक जय प्रसाद ढकालको सुनसरी सामुदायिक अस्पतालमा निशुल्क उपचार सुरु भएको छ।
दुहबीका यी ज्येष्ठ नागरिकले हिजो सहयोगको अपिल गरेपछि दुहबी प्रेस क्लबका पत्रकारहरुले पहल गरेका थिए। सुनसरी सामुदायिक अस्पतालका संचालक संतोषकुमार सिंहले एम्बुलेन्स पठाएर जय प्रसाद ढकाललाई अस्पताल ल्याइ सम्पुर्ण उपचार कोरोना भाइरसको एन्टिजेन टेस्ट देखि लिएर छातीको एक्सरे,ब्लड चेक लगायतको उपचार सुरु गरेको बताए। दमको रोगी भएका ढकालको सम्पुर्ण उपचार गरिने समेत संतोषकुमार सिंहले जनाए।
सुनसरीको दुहबी वडा नम्बर ६ कालिमन्दिर छेउमा अस्थायी रुपमा कोठा भाडा गरि बस्ने बर्ष ७६ का जय प्रसाद ढकाल लामो समय देखि मुटुरोगी र केही दिन देखि स्वास प्रस्वासमा कठिनाइ साथै ज्वरो अनि कमजोरी का कारण हिडडुल समेत गर्न नसक्ने रहेकाले स्थानिय समाजसेवी,दात्री संघ सस्था हरु संग जीवन बचाइदिन हारगुहार गरेका थिए।
आर्थिक अवस्था अत्यन्तै दयनिय रहेका वृद्ध ढकाल श्रीमतीसंगै बस्दै आएको उनकी श्रीमती पार्वती बोर्डिङ्ग स्कुलमा ४/५ हजार कमाइ गरि ल्याएर कोठाभाडा अनि खाना नाना को जोहो गरेको भएपनी कोरोना कारण ले स्कुल बन्दा हुदा काम नभएको ले अन्य आम्दानी शून्य रहेकाले खान साथै स्वास्थ उपचारमा कठिनाइ रहेको एक स्थानियले बताए।
वृद्ध ढकालको नागरिकता नम्बर प्रष्ट नभएका कारण अहिलेसम्म वृद्ध भत्ता पाएका छैनन भन्दै ती स्थानिय नागरिकले भने यदि उक्त वृद्ध भत्ता पाएको भए कमसेकम उपचार साथै दैनिकिमा केही राहत हुने थियो।
सहयोग गर्न इच्छुक ब्यक्ती वा संघ संस्थाले यो नम्बरमा सम्पर्क गरेर वहाँलाई भेट्न सक्नु हुनेछ। 9815317218





