दुहबी / सुनसरी को दुहबी नगरपालिका वडा नम्बर ८ मा सन्चालित एसियन थाइफुड्स (रमपम) उधोगले २५ लाख मूल्य बराबरको खाद्यान्न सामाग्री दुहबी नगरका पाँच वटा वडा अध्यक्ष लाई सो सामाग्री बिपन्नहरु लाई बितरण गर्न हस्तान्तरण गरेको छ।
दुहबीका वडा नम्बर २, ८, ९, १० र ११ का अति बिपन्न नागरिकहरु लाई राहत स्वरुप खाद्यान्न सामाग्री हरु बितरण गर्ने छ। प्रत्येक वडाका ४०० घरपरिवार गरि जम्मा २ हजार अतिबिपन्न घरपरिवारहरु लाइ राहत बितर्ण गर्न हस्तान्तरण गरिएको एसियन थाइ फुडका प्रशाशन प्रमुख प्रकाश श्रेष्ठले बताए।
बढ्दो कोरोना माहामारिका कारण धेरै असङठित मजदुर साथै दैनिक ज्यालादारी हरुले रोजगारी गुमाउनु परेको अबस्थामा दैनिक जीवन यापनमा कठिनाइ भएको हुदा उद्योग परिसङ्घ एक नम्बर प्रदेश अध्यक्ष भिम घिमिरे को अगुवाइ मा स्थानिय उद्योगपति हरुसग समन्वयनगरी उक्त राहत प्याकेज अगाडि सारेको अध्यक्ष घिमिरे ले बताए।
पहिलो चरण स्वरुप उद्योगपति महेश जाजु ले करिब २५ लाख मूल्य बराबरको दाल,चावल,नुन,तेल,च्युरा,चाउचाउ, मास्क,सोयाबिन,बिस्कुट लगायतका सामाग्री हरु बितरण गरिएको बताए। उद्योगपति जाजु ले बिगतमा समेत प्राकृतिक प्रकोप,दैबिकप्रकोप लगायत मानबिय सन्कट का बेला बिना स्वार्थ मानबिय सेवामा आफुहरु लागिरहेको र निरन्तर लागिरहने समेत बताए।
उक्त राहत बितरण कार्यक्रममा उद्योग परिसङ्घ प्रदेश १ अध्यक्ष भिम घिमिरे ,सो उधोगका प्रशासन प्रमुख प्रकाश श्रेष्ठ , दुहबी नगरका ५ वटै वडाका अध्यक्ष लगायत पत्रकार हरुको समेत उपस्थिति रहेको थियो।