• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरीमा सेना परिचालन ,निषेधाज्ञा उल्लङ्घन गर्ने लाई १ महिनासम्म कैद

काेचिला खबर by काेचिला खबर
05/15/2021
in स्थानीय
118
SHARES
537
VIEWS
Share on FacebookShare on Twitter

१ नं. प्रदेशको सुनसरी, मोरङ र झापामा अत्यन्त कडा निषेधाज्ञा कार्यान्वयन गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ । तिनै जिल्लामा शनिवार देखी जेठ १५ गतेसम्म पूर्ण निषेधाज्ञा कार्यान्वयन गराउन आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश १ ले सुरक्षाकर्मीलाई निर्देशन दिएको हो । प्रदेश सुरक्षा समितिको बैठकले तिन जिल्लामा कोरोनाको दोस्रो भेरियन्टको सङ्क्रमण र मृत्यु दर बढ्न सक्ने पूर्वानुमान गदै एकै प्रकृतिको निषेधाज्ञा कार्यान्वयन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको जनाइएको छ । यस्तै निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनालाई पनि सीमित सङ्ख्यामा परिचालन गर्ने भएको छ । निषेधाज्ञा पालना गराउन जिल्लाका सबै सहरमा जनचेतना जगाउने र माइकिङ गर्ने काममा सेना परिचालन हुनेछ । तिनै जिल्लामा निषेधाज्ञा पालनामा सर्वसाधारणले अटेर गरेको प्रदेश सुरक्षा समितिको निष्कर्ष छ ।

जिल्ला जोड्ने सीमा नाकामा सुरक्षाकर्मी थप गरेर भए पनि एक जिल्लाबाट अर्को जिल्ला आवत जावत गर्न समेत कडाइ गरिने पौडेलले बताउनुभयो । अब निषेधाज्ञा अवज्ञा गर्ने विरुद्ध कानुनी कारबाहीमा समेत जोड दिइने बैठकबाट निर्णय भएको छ । यस्तै बैठकबाट प्रदेश १ मा अक्सिजन अभाव हुन नदिन मन्त्रालयबाट कार्यदल गठन गर्ने निर्णय भएको छ । प्रदेशमा रहेका कोभिड अस्पतालमा अक्सिजन अभाव हुन नदिन उघोगीहरुलाई संलग्न गराई कार्यदल गठन गर्ने जनाइएको छ । अक्सिजनको लागि आवश्यक सिलिन्डर अभाव हुन नदिन बजारमा प्रहरी र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोली अनुगमनमा खटिन समेत निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । बैठकले अन्य केही महत्त्वपूर्ण निर्णय समेत गरेको सचिव पौडेलले बताउनुभयो । बैठकमा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, नेपाली सेना र जिल्लाका सबै प्रमुख जिल्ला अधिकारीको उपस्थिति थियो ।

निषेधाज्ञा आदेशलाई उल्लङ्घन गर्ने व्यक्ति उपर सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत भए गरेको कसुरमा १ महिनासम्म कैद वा १ सय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । यो ऐन अन्तर्गत काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा ६ सय सम्म जरिबाना वा दुवै सजाय हुने जनाइएको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist