दुहबी / सुनसरीको दुहबीमा एउटा ट्रकमा अचानक आगलागी भएको छ । मंगलबार बेलुका अन्दाजी ८ बजेको समयमा रोकिएको ट्रकमा आगो लागेको हो ।
दुहबी ३ स्थित कोशि राजमार्गको मैना बति स्टिल उधोग अगाडि ना ३ ख ९४५२ नम्बर भएको ट्रक सोही ठाउँमा रोकेर गाडी चालक सहितले भित्र खाना पकाउने क्रममा गाडीमा अचानक आगलागी भएको ट्राफिक कार्यालय दुहबीले जनाएको छ । गाडीमा आगो लागे पनि मानवीय क्षति भने हुन पाएन ।
सो ट्रकमा भएको आगलागि ईटहरी र बिराटनगरको दमकलको सहायतामा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।





