• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा न्यायको माग गर्दै घाइतेका आफ्न्तले गरे पत्रकार सम्मेलन

काेचिला खबर by काेचिला खबर
04/09/2021
in FEATURE, समाज, स्थानीय
302
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/सुनसरीको दुहवी नगरपालिका ९ सोनापुरका मो.सकुरुद्दिन, सफि आलम, नसा आलम, जम्सेद रैन, नुर आलम सिराज आलम लगायतकाले आफूहरु माथि आक्रमण भएको भन्दै न्यायको माग गरेका छन् । दुहबी नगरपालिका वडा नम्बर ९ सोनापुरमा गत चैत्र ११ गते भएकोे झडपमा आफूहरु घाईते सहित अन्यायमा परेकाले न्यायको लागि अपिल गरेका हुन् ।

उनिहरुका आफ्न्त लगायतले शुक्रबार पत्रकार सम्मेलन गरी आफुहरु घरमा सुतिरहेको बेला अचानक एक समूह आएर कुटपीट सहित आक्रमण गरी घाइते बनाई घरमा विभिन्न धनमाल चोरी गरि लगेको समेत आरोप लगाएका छन् । घरको मूलढोकामा लगाएको ताला फुटाई सकरुद्दिन मियाँको घरबाट नगद रु ५ लाख , तीस तोला चाँदि र पाँच तोला सुनको ब्रासेट, औठी, हार समेत चोरी गरेको र आक्रमण समेत गरेको घाइते पक्षका आफन्तहरुले आरोप लगाएका छन् । बिगत लामो समय देखि दुहबी अपराधको केन्द्र बिन्दु बन्न थालेको र सम्प्रदायीकताको रुप दिन केही व्यक्ति लागि परेको समेत उनिहरुले गुनासो गरेका छन । उनिहरुले एकपछि अर्को घटना भएको र एक पक्षहरुले एक समुदाय अर्को समुदाय माथि अनावश्यक आरोप लगाई आक्रमणमा उत्रेकाले सामाजिक सदभाव कायम गर्दै न्यायका लागि अपिल गरेका छन् ।

झडप भएको रातमा को २९ प १२६०, को ३२ प ३२५९ , ज ७ प ५८५८ नम्बर भएको तिन ओटा मोटरसाइकल समेत क्षती भएको घाइते मध्येका सकरुदिन मियाँले बताए। दुहबीमा शान्ती सुरक्षा र सदभावको वतावरण निर्माण गर्न आवश्यक रहेको उनले बताए । घटनाबारे प्रहरीले चासो नदेखाएको भन्दै दुहबी ९ का घाइतेपक्षकाहरूले जाहेरि दिएका १८ जनाहरूलाइ यथाशिघ्र पक्राउ गरि तत्काल कार्वाहि गर्नुपर्ने माग गरेका छन । पत्रकार सम्मेलनमा दुहबी ९ का कार्यबाहक वडाअध्यक्ष सतिस कुमार चौधरीले दुहबी ९ का घाइते जमशेद आलमको फोटो देखाउँदै घटनामा संलग्नलाइ कार्वाहिको माँग गरेका छन। उनले सो बिषयमा सर्वदलिय बैठक समेत बसि प्रहरी कार्यालयलाइ दबाब दिएको बताउँदै कोही कसैबाट सदभाव भड्काउँने क्रियाकलाप न गर्न आग्रह
गरे । उनले हालै उजुरी दर्ता गरेपनि दोषिहरूलाइ तत्काल कार्वाहि गर्नुपर्ने अडान राखे ।

२ हप्ता अगाडी दुहबीमा दुई समुह बीच झडप हुदाँ खुकुरी हानाहान भएको दुबैपक्षकाहरुले बताएका थिए। । सो मध्ये चार जना चिनेका र अन्य नचिनेका व्यक्तिहरु चैत ११ गते बेलुकी ८ ः३० बजे सामुहिक झडप र आक्रमण भएको दुहबी वडा नम्बर ९ का घाइते पक्षले दावी गरेका छन् ।
झडपमा वडा नम्बर २ वीर गाउँका ३ जना युबाहरु विशाल खवास, सुभनारायण चौधरी र अजय नारायण चौधरी लगायत घाइते भएका थिए । उनिहरु दुहबी स्थित जिबन ज्योति स्वास्थ्य क्लिनिकमा उपचार गराएका थिए भने एक जनाको हाल उपचार भइरहेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार पछिल्लो समय दुहबीमा हत्या हिंसा, बलात्कार, लागू पदार्थ ओसार पोसारको घटना हुदाँ समेत दुहबी प्रहरी क्रियाशिलता असफल जस्तो भईरहेको आरोप छ ।

घाइते भएका विशाल खवासका अनुसार आफु मोटरसाइकलमा जाने क्रममा बिपरित दिसा तर्फ आईरहेको मोटरसाइकल एक आपसमा नजिक भई जुध्न खोज्दा आफू बाटो काट्ने क्रममा सामान्य भनाभन भएकै भरमा आफूलाई दुहबी ९ बाट २० , २५ जनाको संख्यामा युवाहरु बोलाएर अनाधुन आक्रमण गरिएको दाबी गरेका थिए । झड्पको दुई हप्ता पछि दुबै पक्षको मुद्दा दर्ता भएको छ। दुहबी वडा नम्बर २ का युबाहरुले ईलाका प्रहरी कार्यालय दुहबीमा १७ जना विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा,डाका मुद्दा र बाल यौन दुरासयको मुद्दा दर्ता गरेका हुन भने दुहबी वडा नम्बर ९ का युबाहरुले ईलाका प्रहरी कार्यालय दुहबीमा १८ जना विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा,डाका मुद्दा र जबर्जस्ती करणिको प्रयासको मुद्दा दर्ता गरेकोले अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ। २ हप्ता अगाडी दुहबी वडा नम्बर २ र दुहबी वडा नम्बर ९ का युबाहरुको विवाद पछि झडप उत्पन्न हुँदा दुबै पक्षका एक दर्जन बढी युबाहरु घाइते भएका थिए। अहिले २ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025
दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

11/08/2025
दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी  शोक

दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी शोक

11/06/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist