दुहबी/ सुनसरीको दुहबी ३ स्थित रहेको महालक्ष्मी मैदा मिल्स उद्योगले श्रमऐन नमानेको मजदुरहरुले गुनासो गरेका छन । सोही उधोगमा कार्यरत मजदुर बिषणु चौधरीका अनुसार होलिको एक दिन अगाडी आईतबार उधोगले श्रम कानुन बोनस ऐन २०३० मा मुनाफाको १० प्रतिशत दिनु पर्नेमा श्रम कानुनले दिएको अधिकार भन्दा कम बोनस बांडदा आफुहरु दुखि भएको बताए ।
उनि भन्छन मजदुरलाई तलब हाल सम्म पनि बैंकिङ प्रणाली बाट नदिएको र श्रम ऐनले दिएको अधिकार कुनै प्रकारको सुबिधा हाल सम्म्म पनि सो उद्योगबाट पाउन नसकेको गुनासो गरेकाछ न ।
यता सोही उधोगमा रहेका नेपाल अौधोगिक श्रमिक ट्रेड युनियनका ईकाइ अध्यक्ष देशिलाल मुखीया भन्छन आफुहरुले पाउने अधिकार उधोग व्यवस्थापन संग पटकपटक भन्दा पनि श्रम ऐनले देको अधिकार लागू गर्न उधोग व्यवस्थापनले आनाकानि गरेको गुनासो पोखेका छन ।
सो उद्योगमा हाल स्थायि र ज्यालादारी गरि ६३ मजदुर कार्यरत रहेको गेटको हाजिरी खाताबाट खुल्नमा आएको छ भने सो उधोगमा श्रमऐनले दिएको सुबिधा क्यान्टीन,विश्राम कक्ष,पार्किङ,आधारभुत स्वास्थ्य सामाग्री,मजदुरले काम गर्ने बेला प्रयोग गर्ने गल्बस,हेल्मेट,लगायतका सुबिधाहरु केही नभएको देखा परेको थियोे ।
उता सो बिषयमा उधोगका डाईरेक्टर कृष्ण कुमार अग्रवाल संग बुझ्दा उनले भने आफु श्रम कानुन मानेको र मजदुर लगाएको आरोप सबै झुट भएको प्रतिकृया दिदै उद्योगमा २८ जनामात्र कामदार रहेको बताएपनि ६३ मजदुर कार्यरत रहेको गेटको हाजिरी खाताबाट खुल्नमा आएको छ।





