दुहबी/नेकपा एमाले दुहबी नगर कार्यसमिति गठन गरि आज नया पदाधिकारी हरुको सपथ ग्रहण गरेको छ। उक्त सपथ ग्रहण कार्यक्रम मा प्रमुख अतिथि रहेकी एमले कि केन्द्रिय समिति सदस्य तथा पुर्व बन तथा भु संरक्षण राज्यमन्त्री भगवती चौधरी साथै विशिष्ट अतिथी निलम बस्नेतले संयुक्त रुपमा सपथ ग्रहण गराएका थिए।
फरवार्ड हलमा सम्पन्न उक्त कर्यक्रम बोल्दै प्रमुख अतिथि भगवती चौधरीले कम्युनिस्ट भनेको द्वन्दबादमा बिस्वास गर्ने पार्टी भएको हुदा बैचारिक समाजवाद अबको बाटो भएको प्रष्ट पार्दै कार्यकर्तालाइ तत्कालै संघ को चुनाउ हुने संकेत सहित मैदानमा खटिन आग्रह गरिन। चौधरी ले २०० बढी १२ ओटै ओडाका नया पदाधिकारीलाई सपथग्रगण गराएकी थिइन। निलम बस्नेतले चुनाउमा जितेको प्रदेश सभासद ५१ रहेको बताउदै अर्को पटक सबै जित्ने गरि सङ्गठनमा लाग्न आग्रह गरे।वडा नम्बर ४ का अध्यक्ष राजन बस्नेतले अध्यक्ष ओलिलाइ आफ्नै पार्टीका नेताले निलम्बन गर्ने ,गालिगलौज गर्ने जस्ता कार्य गरेपनि अन्ततः एमाले ब्युतिएको बताए।





