दुहबी / सुनसरीको दुहबी बाट प्रकाशित हुने प्रदेशकै लोकप्रीय अनलाईन तथा दैनिक पत्रिका कोचिला खबर दैनिकका प्रबन्धक तथा स सम्पादक अकबर अलिले मृत्युपर्यन्त आँखा र छाला दान गर्ने घोषणा गरेका छन् ।
आफ्नो जन्मदिनको अबसर पारेर उनले आफ्नो जीवन पछि पनि अरु कसैले आँखा वाट सुन्दर संसार देख्न र छाला वाट जलन भएकाले उपचार प्राप्त गर्न सकुन भन्दै यस्तो घोषणा गरेका हुन् ।
दशक भन्दा धेरै समय अघिबाट पत्रकारीता पेशामा सक्रिय अलि स्वतन्त्र पत्रकार संघ नेपालका सुनसरी जिल्ला उपाध्यक्ष छन् । उनी हाल हाम्रोमत पत्रिका निवज स्मार्ट २४ लगायत एक दर्जन भन्दा बढि मिडियामा आवद छन ।
जन्मदिनको अवसरमा उनले लेखेको स्टाटस जस्ताको तस्तैः
स्कुल बाट भएर घर फर्कदा जहिले हजुर बुवा हजुर आमा भन्ने गर्नुहुन्थ्यो औपचारिक शिक्षा पछि डाक्टर,इन्जिनियर,वकिल,पत्रकार के वन्न चाहेको वन्न सकिन्छ तर महत्वपूर्ण कुरा अशल मान्छे वन्नु हो । अशल र इमान्दार वन्नु ।
मलाई जन्मदिने वुवा आमा, गुरु र अग्रजले पनि सधैभरी सेवा र शत्कर्मका लागि हौसला प्रदान गरिरहनुभएको छ । उहाँहरु प्रति हार्दिक आभार एवं कृतज्ञता प्रदान गर्दै आज फाल्गुन २० गते बिहीबार मेरो जन्मदिनको अवसर पारेर मृत्यूपर्यन्त आँखा र छाला दान गर्ने घोषणा गर्दछु । मेरो आँखा वाट कसैले यो सुन्दर संसार देख्न सकुन । जलनले मेरो छाला वाट उपचार प्राप्त गर्न सकुन ।





