दुहबी/सुनसरीको दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले आगलागि पिडितलाइ राहत बितरण गरेका छन।
दुहबी नगरपालिका वडा नम्बर ७ स्थित जितेन्द्र चौधरीको घरमा आइतबार राती आगलागी भएको थियो। खाना बसाएर सब्जि किन्न उनका आमा निस्केपछि घरमा भएको सानो नानिले आगो चलाउन खोज्दा आगलागि भएको चोधरीले बताए। आगलागिबाट चौधरीको घर जलेर पुरै नष्ट भएको र उक्त आगलागि नियन्त्रण गर्न नगरपालिका को बारुणयन्त्र तत्काल पुगेको हुदा अन्य घरहरु क्षति हुन नपाएको उनले बताए । पिडितको घरमा पुगि सोमबार दुहबी नगरपालिका प्रमुख बेदनारायण गच्छदारले पीडित परिवारलाइ भेटि दुख बुझ्दै राहत स्वरुप २ बोरा चामल १ बोरा दाल,त्रीपाल,ब्लाङ्केट लगायत हस्तान्तरण गरेका थिए।




