अर्जुन खड्का,दुहबी/
सुनसरीको दुहबी नगरपालिकाले नगरभित्रका बिभिन्न वडाका कृषकलाइ उच्च प्रजातिको बोयर बोका बितरण गरेको छ। आज एक कार्यक्रम बिच दुहबी नगरपालिका प्रमुख बेद मेयर गच्छदारले ६ जना कृषकलाइ बोका हस्तान्तरण गरेका थिए। तालिम सहित ८ लाख ४० हजार मुल्य बराबरको बोका ७५% माथि नस्ल रहेको पशु सेवा साखा प्रमुख प्रमोद झाले बताए। ९ महिना देखि १ साल उमेर समुह रहेका उक्त बोकाहरु सरदर ५२ केजि तौलका छन। कार्यक्रम मा बोल्दै गच्छदारले किसानहरुको ब्यावसायिक प्रबर्द्धन,हित र उन्नतिको लागि नगर बाट हुने सबैखाले सहयोग रहने बताए। नस्ल सुधार हुदै गए आगामि केहि साल भित्रमा नगरभित्रका हरेक बाख्रापालन किसानहरु लाइ फाइदा हुने साथै नगरलाइ समेत प्रत्यक्ष/अप्रत्यक्ष फाइदा हुने र खसि बोकामा आत्मनिर्भर समेत हुने गच्छदार ले जानकारि दिए। आ.ब. ७६/७७ मा पनि ६ ओटै बोका बितरण गरिएको साथै ओडा नम्बर ७ र १० का अतिबिपन्न बर्ग लक्षित कार्यक्रम अनुसार महिला हरुको समुह बनाइ ४०/४० ओटा बाख्रा बितरण गरिएको थियो। बोका पाउने हरुमा दुहबि २ कि तनुजा कु. माझि,दुहबि १२ लोतिका कृषि फार्म कि सुनिता कु .मेहेता,दुहबि ७ सुर्यमुखि कृषि फार्मकि सन्जु कु. चौधरी ,दुहबि १० कि मिना कु. उराँव ,दुहबि ११ का जिबन कुमार चौधरी र दुहबि ३ कि सुनिता राइ रहेकि छिन। कार्यक्रममा दुहबी नगरपालिकाकि उपप्रमुख सुनिता दाहाल साह,प्रमुख प्रशाशकिय अधिकृत बिनोद न्यौपाने समेत उपस्थित रहेका थिए।





