दुहबी / सुनसरीको दुहबी नगरपालिका–१० सिमरिया स्थित मंगल बार भएको उईनगर माईक्रो दुर्घटनामा परेर ३ जना मृत्यु भएकोछ भने ८ जना घाइते भएका छन् ।
दुहबी बाट ईनरुवा तर्फ जादै गरेको प्रदेश -१-०२-००१ज ३८६८नम्बरको उईनगर माईक्रो संग विपरित दिशा बाट आउदै गरेको को.३४प ४६९४ नम्बरको मोटरसाइकल एक आपसमा ठ्क्कर खाई सडकबाट पल्टिएर दुर्घटनामा परेको स्थायी ट्राफिक कार्यलयका ईन्चार्ज गोपाल श्रेष्ठले जानकारी दिएका छन ।
श्रेष्ठकाअनुसार मृत्यु हुनेमा सप्तरी जिल्ला राजविराज १ को अन्दाजि बर्ष २२ को शंकर यादव , सुनसरी ईनरुवा ३ को अन्दाजी बर्ष ४४ को बिर्ख मन्डल रहेको छ भने एक जना मृत्क को नाम भने खुल्न बाकि रहेको बताए ।
सो दुर्घटनामा परेर घाइते भएका विराटनगर १४ बस्ने बर्ष ५२ को जय नारायण यादव , सप्तरी जिल्ला मंन्सापुर न.पा हनुमान नगर बस्ने बर्ष ६० कि ईन्द्र मला देवी , राजविराज न.पा ७ बस्ने बर्ष १४ को निरज यादव , ३८ बर्षको सुरेश मन्डल तेसै गरि सुनसरी ईनरुवा ८ गणेशपुर बस्ने बर्ष ५२ को चन्द्र मेहता भोक्राहा नर्सिङ ३ बस्ने बर्ष १९ को प्रशान्त यादव प्रकाशपुर १० का बर्ष २३ को भरत यादव रहेकोछ ।
उनीहरुको विराट नर्सिङ होम अस्पताल र दुहबीको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको श्रेष्ठले जनाए।





