दुहबी / प्रदेश १ को कोशि राजमार्ग ६ लेन सडकको निर्माण कार्यमा सुनसरीको दुहबी बजार क्षेत्र बाधक देखीएको थियो सडक बिभागले पटकपटक दुहबी बजार क्षेत्रको संरचना हटाउने सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गर्दै आएपछि पछिलो चरण २०७७/०९/ १८ गते सडक बिभागले दुहबी बजारको संरचना हटाउन१५ दिने सार्वजनिक सूचना जारी गरिएको छ । सो १५ दिने सुचना लाई अटेर गरि संरचना नहटाईए बल प्रयोग गरि संरना हटाउने सडक बिभागको सार्वजनिक सूचनामा उल्लेख रहेको छ ।





