दुहबी / २९ असोज । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो २४ घण्टाभित्रमा कोरोना भाइरस संक्रमित पाँच जनाको मृत्यु भएको छ ।
प्रष्ठिानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिकाका एक महिला, एक पुरुष, इटहरी उपमहानगरपालिकाका एक महिला र तेह्रथुमका दुई पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको संक्रमितको संख्या ५८ पुगेको छ ।
सह–प्रवक्ता डा. श्रेष्ठले तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार बिहान ७ः १५ बजेतिर उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । मृगौलामा समस्या, मधुमेह र उच्च रक्तचापका बिरामी रहेका पुरुषमा विराटनगरस्थित कोशी अस्पतालको ल्याबबाट कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टिसँगै बिरामीलाई असोज ११ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरि उपचार भइरहेको उनले बताए ।
त्यसैगरि, इटहरी उपमहानगरपालिका–२० की ७५ वर्षीया वृद्धा महिलाको बिहीबार बिहान १२ः०५ बजेतिर उपचारकै क्रममा मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार उच्च रक्तचापको समस्या रहेकी वृद्धामा असोज २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन थप उपचारका लागि प्रतिष्ठानमा भर्ना गरी उपचार थालिएको डा. श्रेष्ठले जानकारी दिए । वृद्धाको उपचारकै क्रममा आकस्मिक कक्षमै मृत्यु भएको बताइएको छ ।
त्यस्तै धरान उपमहानगरपालिका–९ का दुई जना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानकै प्रयोगशालामा असोज २५ गते कोरोना संक्रमण पुष्टि भएका ५८ वर्षीय पुरुषको कोभिड –१९ अस्पतालमा बुधबार राति ११ः५५ बजेतिर मृत्यु भएको हो । असोज २८ गते कोभिड अस्पतालमा भर्ना भएका बिरामीमा कुनै दीर्घ रोग भए नभएको जानकारी हुन नसकेको प्रतिष्ठानले जनाएको छ ।
धरान– ९ कै कोरोना संक्रमित ४४ वर्षीया महिलाको समेत बुधबार अपरान्ह ३ः१५ बजेतिर उपचार गर्दागर्दै मृत्यु भएको सह–प्रवक्ता डा. श्रेष्ठले जानकारी दिए । महिलाको पनि दीर्घ रोगबाट जानकारी नभएको जनाएको प्रतिष्ठानका अनुसार असोज २७ गते महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।
त्यसलगत्तै असोज २८ गते महिलालाई कोभिड अस्पतालमा भर्ना गरी उपचारमा राखिएको थियो । तेह्रथुम दांग्पा –१ का ४९ वर्षीय पुरुषकोसमेत प्रतिष्ठानको आकस्मिक कक्षमा बुधबार उपचारका क्रममा मृत्यु भएको थियो ।
सह–प्रवक्ता डा. श्रेष्ठका अनुसार मृतक स





