दुहबी / सुनसरीको दुहवीमा दैनिक जिविकोपार्जनमा समस्या भएका परिवारलाई खाद्यान्न वितरण गर्न थालिएको छ ।
‘फुड बैँक’ मार्फत् बिपन घर परिवारहरुलाई खाद्यान्न वितरण गरिएको हो दुहवी युवा समुहले गत भदै ११ गतेबाट सुरु गरेको खाद्यान्न वितरण कार्यक्रमले मंगलवार पनि निरन्तरता पाएको हो । युवा समुहले नगरभित्र रहेका गरिव, विपन्न र समस्यामा परेका समुदायलाई खाद्यान्न वितरण गर्दै आएका छन
६ दिन अघिदेखि सञ्चालन भएको सो अभियानमा अहिलेसम्म ५ सय ३५ परिवारलाई खाद्यान्न वितरण गरिएको अभियान कर्ताका सदस्य हरेराम साहले जानकारी दिएका हुन
साहका अनुसार प्रति परिवार एक छाक पुग्ने गरि १ किलोग्राम चामल, १ पावा दाल, १ पावा ‘न्यूटोला’, १ पावा तेल, १ पावा नुन र १ पावा भुजा वितरण गरिएको छ
मंगलवार दुहवीको राई टोलका १ सय ५० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । ‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’ भन्ने नाराका साथ सुरु गरिएको सो अभियाना दाताको संख्या बढ्दै गएका अझै अभियानलाई बढाएर लग्ने साहले जानकारी दिनुभयो ।
साह भन्छन अबको अभियान नगरको ग्रामिण क्षेत्रमा बसोबास गर्ने अति बिपन घर परिवार हरु लाई राहत बितरण गर्ने योजना भएको बताए ।
कोरोना भाइरसको महामारीका कारण पछिल्लो समय दैनिक ज्याल मजदुरी गरेर खाने समुदाय, गरिव तथा विपन्न परिवारलाई दैनिक जिविकोपार्जन गर्न समस्या भएको छ । सोहि समुहलाई ध्ययनमा राखेर सुनसरीका विभिन्न ठाउँमा युवाहरुले ‘फुड बैँक’ मार्फत खाद्यान्न वितरण गर्न थालेका हुन