सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष लधुराम माझीले सामाजिक दुरि कायम नगरेको देखा परेको
छ । कोरोना माहामारि भएको बेला दुहबीका ५ स्थानीयमा कोरोना भाइरसकि संङक्रण देखा परि सक्दा पनि दुहबीका जनप्रतीनिधीबाटै भिडभाड लगाइ सामाजिक दुरिको धज्जी उडाउदै स्वास्थ्यको न्युनतम मापदण्ड पालन न गरेको देखिएको हो ।
दुई दिन अगाडि दुहबी नगरपालिकाको बैठकबाट दुई साता लकडाउन घोषणा गरि अनिवार्य माक्स लगाउनु पर्ने र सामाजिक दुरि कायम गर्नु पर्ने निर्णय जारि गर्दा समेत वडाअध्यक्षले नगरपालिकाको निर्णय पालन न गरेको पाइएको छ । दुहबीमा लकडाउनको दोस्रो दिन आज समुदाय स्तरमा जोखिम हुने गरि वडाअध्यक्ष लगायत उपस्थिति भएकाहरुले सामाजिक दुरि कायम नगरिएको देखा परे पछि स्थानीय युवाहरू आक्रोशित छन्।





