सुनसरीको दुहवी नगरपालिकामा ४ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
दुहवी नगरपालिकाले स्वाब प्ररीक्षणको लागी धरान स्थित विपी कोईरालामा परीक्षण गर्दा दुहवी नगरपालिकाका कर्मचरी सहित ४ जनामा कोरोना संक्रमित फेला परेको दुहवी नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विन्देशर प्रसाद महोत्वले जानकारी दिएका छन ।
जस्मा दुहवी नगरपालिकाका एक कर्मचारी ५३ वर्षको रहेको छ भने अन्य दुहवीका स्थानीय वासी वडा नं.५ का २ जना संक्रमित २४ वर्ष र ६० वर्षको पुरुषहरु रहेको छ ।
त्यसैगरी अर्का एक संक्रमित दुहवी नगरपालिका वडा नं.४ का ३३ वर्षे पुरुष रहेको छ । हाल उनिहरुको स्वस्थ्य अवस्था समान्य रहेको महोत्वले बताउँनु भयो र संक्रमितलाई उपचारका लागी गोठ गाउँ लैजाने तयारी भईरहेको बताउँनु भयो ।
दुहवी नगरपालिकाले गत १८ गतेको पिसिआर टेस्ट गर्दा उक्त्त संक्रमित व्यक्तिहरु फेला परेको हो ।





