दुहबी / सुनसरीको दुहबी नगरपालीका वडा नम्बर १ को प्रशासनिक भवन उद्घाटन भएको छ् । दुहबी प्रास्टोकि स्थित नवनिर्मित वडा कार्यलयको दुहबी नगर प्रमुख वेदनारायण गच्छादारले शिलालेख अनावरण पछि रिवन काटेर उद्घाटन गरेका हुन । स्टिमेट लागत ६४ लाख ७१ हजार ५४१ रहेको उक्त भवन ४२ लाख ९३ हजार ९३७ रुपैयामा अख्तर कन्स्ट्रक्सनले ठेक्का लिएर २०८०/०८/ २० मा नगर प्रमुख गच्छादारले नै सिलान्यास गरी काम सुरु भएको थियो ।
भवन उद्घाटन पछि बोल्दै नगर प्रमुख गच्छादारले ३ तहको सरकार मध्य स्थानिय सरकार जनताको नजिकको पहुँच रहेको र हरेक जनसेवाहरु वडा कार्यलय मार्फत सहज प्रवाह गर्न आफ्नै वडामा प्रशासनिक भवनको अपरिहार्यता महशुस गरी १२ वटै वडामा वडा कार्यलयहरु निर्माण गरिएको
बताए ।
जनताको आवस्यकतालाइ मध्यनजर गरी १२ वटै वडामा स्वास्थ्य चौकी, जिर्ण बिद्यालय भवनको मर्मत तथा पुनर्निमाण, समेत गरिएको बताउदै उनले दुहबी नगरपालीकाले समृद्द पालिका निर्माण अभियान का लागी कृषक लाइ ब्यावसायिकतामा बदल्न एग्रो प्रोसेसिङ सेन्टर, फोहोर ब्यावस्थापन केन्द्र, खेलकुद प्रवर्धन गर्न रंगशाला, , स्वास्थ्यमा पहुँच पुर्याउन नगर अस्पताल, साप्ताहिक हाटबजार, सपिङ्ग कम्प्लेक्स, कोल्ड्स्टोर लगायत बहु आयामिक प्रोजेक्ट हरु अगाडि सारेको जनाए ।
उनले मानवीय बिकास नभए सम्म भौतिक बिकासले पुर्णता नपाउने भन्दै प्राबिधिक धारमा समेत सयौँ बिद्यार्थीलाइ छात्रा बृतिमा पढाइ सन्चालन , पढ्दै कमाउदै का लागी औद्योगिक प्रशिक्षार्थी, १० महिने ब्यावसायिक सिप बिकास, ३ बर्षे डिप्लोमा, लघु उद्यम मार्फत स्वरोजगार र आर्थलागी कबिकास र सिप समेत का लागी नरपालिकाले करोडौ रकम खर्चिएर दक्ष जनशक्ति उत्पादन गरिसकेको बताएका छन ।
१ नम्बर वडा बासिलाइ सुभकामना दिदै उनले भने, जनताले धेरै ठुलो चाहेका हुदैनन केवल सुरक्षा, रोजगार र शान्ति चाहेका हुन्छन यो बुझेर मैले आफ्नो पालिकामा निर्वाहमुखि नभै ब्यावसायिकता मा आधारीत कार्यक्रम अगाडी बढाएको छु । पालीकाको आन्तरिक श्रोत्ले ठुला आयोजना सन्चालनमा समस्या परेको हुदा हालै बैशाख १८ / १९ गतेको कोशी प्रदेश लगानी सम्मेलन बाट ४ ठुला आयोजनाहरु फोहोर प्रशोधन केन्द्र, कृषी प्रशोधन केन्द्र , वाटर पार्क र मल्टि स्टोरेज कोल्ड स्टोर सन्चालन गर्न प्राइभेट लगानीकर्ता मार्फत ५९ करोड भित्राउन MOU हस्ताक्षर भैसकेको छ, उनले भने । उद्घघाटन कार्यक्रममा उपप्रमुख मेनुका खतीवडा, वडा नम्बर ४ का अध्यक्ष मुस्तकिम मिया, ५ का रमेश रौनियार, ७ का बिजय चौधरी, ९ का मेहेदी हुसैन, तुलाराम माझी, खड्ग बिश्वास, रामचन्द्र चौधरी , इप्रका दुहबीका इन्स्पेक्टर सागर तिम्सिना, साथै स्थानिय हरुको बाक्लो उपस्थिति रहेको थियो ।
वडा नम्बर १ का अध्यक्ष अजुल हुसैनको अध्यक्षता मा आयोजित उक्त कार्यक्रममा उपमेयर मेनुका खतीवडाले स्थानिय सरकार संचालन ऐन २०७४ ले ब्यावस्था गरेका अधिकार लाइ नागरिकका सेवा लाइ डिजिटल पद्दति मार्फत कर्मचारी हरुले इमान्दारीका साथ प्रवाह गर्न सुझाव दिइन ।




