दुहबी / झापा जिल्ला कमल गाउँ पालिका वडा नम्बर २ घर भई हाल दुहबी नगरपालिका वडा नम्बर ४ मालहटि स्थित सुमित्रा ( डोमनि ) पटियारको घरमा डेरा गरी बस्दै आएकि अन्दाजी वर्षीया २५ कि शारदा ऋषिदेव मृत फेला परेकी छिन्।
शनिबार बेलुका करिब ५ बजेतिर डेरा गरी बस्दै आएको घरमा सो युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ।
मृतक युवतिकि घर मालिक सुमित्रा ( डोमनि ) का भनाई अनुसार ३ महिना १० दिन अगाडी सारदा ऋषिदेव एकलै डेरा खोज्दै आए पछि म डेरा बस्न देकि हुन ।
केही दिन पछि सारदा संग गढि गाउँ पालिका ५ सतेर झोरा घर भएका ईन्द्रजित कुमार यादव आवत जावत तथा भेटघाट पटक पटक गर्दा आफू सारदा लाई यो केटा कोहो सोधपुछ गर्दा म संग बिहेगरेको केटा बताएकि थिन ।
प्रहरी स्रोतअनुसार मृतक शारदाका श्रीमान् बताउने युवा लाई सोधपुछ तथा अनुसंधान गर्न प्रहरीले लगेको बताए ।
उता मृतक शारदाका आफ्न्त घटना स्थल पुगन नसकेकोले सव जहाको तेहि रहेका छन ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




