• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सेवा विस्तारमा फड्को मार्दै इनरुवा अस्पताल बाल रोग विशेषज्ञको सेवा पनि सुचारु

काेचिला खबर by काेचिला खबर
02/13/2024
in FEATURE, स्वास्थ्य
58
SHARES
265
VIEWS
Share on FacebookShare on Twitter

इनरुवा / सेवाग्राहीलाई थप सुविधा दिने उद्देश्यले इनरुवा अस्पतालमा अब बालरोग विशेषज्ञ सेवाको सुरुवात भएको छ ।
अस्पतालको सेवा विस्तारमा निरन्तर लागेकी अस्पतालकी निमित्त मेसु श्रेया पङ्गेनीले अस्पतालमा बालबालिकाको उपचारमा सहज होस् भनी बालरोग विशेषज्ञ ल्याउन पहल गरेपछि कोसी प्रदेश सरकारले इनरुवा अस्पतालमा बालरोग विशेषज्ञलाई हिजोबाट इनरुवा अस्पताल पठाएको हो ।

कोसी प्रदेश सरकारले इनरुवा अस्पतालमा बालरोग विशेषज्ञ डाक्टर फणेन्द्र साहलाइ हिजोबाट इनरुवा अस्पतालमा हाजिर गराएको छ । विराटनगरका विभिन्न अस्पतालमा सफल सेवा दिइसकेका साह इनरुवा निवासी हुन् ।

उनले इनरुवामा बालबालिकाको उपचारमा समस्या देखेपछि इनरुवास्थित आफ्नै निवासमा बालबालिका क्लिनिक स्थापना गरी केही वर्ष सेवा दिएका थिए । हाल उनको क्लिनिक बन्द छ ।
बालरोगमा एमडी गरेका साहको इनरुवा अस्पताल आगमनले स्थानीय सेवाग्राहीलाई सहुलियत हुने सेवाग्राहीहरु बताउँछन् ।

विशेषज्ञको अभावमा बालबालिकाको उपचारका लागि विराटनगर जाने झन्झट भने अब सकिएको सेवाग्राहीहरु बताउँछन् ।
अस्पतालकी मेसु पङ्गेनीका अनुसार थप यो सेवासँगै अन्य धेरै सेवा अस्पतालमा व्यवस्थापन गर्न आफू लागिपरेकाले छिट्टे नै अन्य थप सेवाहरु यही अस्पतालबाट नागरिकलाई उपलब्ध गराउन इनरुवा अस्पताल लागिपरेको बताइन् ।

यता इनरुवा अस्पतालमा बालबालिकालाई पूर्ण सेवा दिन मंगलबारबाट हाजिर भएका डाक्टर साहले आफूले सक्दो र क्षमताले भ्याएसम्मको सेवा दिन कुनै कसर बाँकी नराख्ने बताउँदै अब बालबालिकाको उपचारका लागि विराटनगर नै जानुपर्ने बाध्यताको अन्त्य गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताए ।
बालबालिका रोगको उपचारमा विशेषज्ञता प्राप्त डाक्टर साहको नियमित सेवा बिहान १० बजेदेखि १ बजेसम्म ओपिडीमा रिहने उनले बताए ।

यसअघि इनरुवा अस्पतालले आफ्नै औषधि वितरण फार्मेसी सुरुवातसँगै युरो कल्चरको सेवासमेत सुचारु गरिसकेको छ । निःशुल्क औषधि वितरणका निम्ति औषधि खरिद गर्न एक करोडभन्दा बढी रकमको औषधि आपूर्तिका निम्ति अस्पतालले टेन्डर आव्हान गरिसकेको अस्पतालकी मेसु पंगेनीले जानकारी दिइन् ।

यससँगै हाल बिरामीका लागि सरकारले निःशुल्क गरेको केहीबाहेक सम्पूर्ण औषधि निःशुल्क बितरण हुँदै आएको बताउँदै मेसु पङ्गेनीले इमेर्जेन्सी सेवामा समेत बिरामीलाई अत्याश्यक औषधि र सामानहरु निःशुल्क दिइँदै आएको बताइन् । अपुग केही निःशुल्क औषधिसमेत खरिदका लागि प्रक्रिया अगाडि बढाइएकाले छिट्टै नै सम्पूर्ण औषधि सेवाग्राहीले पाउने उनले बताइन् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist