• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

भद्रगोल भयो स्वास्थ्य बीमा कार्यक्रम

काेचिला खबर by काेचिला खबर
10/25/2023
in स्वास्थ्य
70
SHARES
316
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ठाडो हस्तक्षेप र व्यवस्थापकीय कमजोरीले स्वास्थ्य बीमा गिजोलिएको छ । स्वास्थ्य बीमालाई असफल बनाउन स्वास्थ्य मन्त्रालय एकतिर लागिपरेको छ भने अर्कोतिर बोर्डको व्यवस्थापन गर्न नसक्दा स्वास्थ्य बीमा भद्रगोल अवस्थामा रहेको स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष डा. सिनेन्द्र उप्रेतीको दावी छ ।

स्वास्थ्य बीमालाई असफल बनाउन लागि ठुलो समूह नै लागि परेको बोर्डका कर्मचारीहरू नै बताउँछन् । यही ३० असोजमा स्वास्थ्य बीमा बोर्डबाट पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा मन्त्रालय नै स्वास्थ्य बीमा कार्यक्रमलाई स्वायत्त बन्न नदिन लागि परेको उनीहरूको आरोप छ

राजीनामा दिनेमा डा.सुरेश तिवारी, डा.तारा साह, चन्द्र थापा, टीका चापागाईँ र इन्द्रकला राई रहेका छन् । बोर्ड आठ महिनादेखि अध्यक्षविहीन रहेको अवस्थामा भएका अकारण कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरिएको उनीहरूको आरोप छ ।

स्वास्थ्य मन्त्री बस्नेतले तीन महिनाका लागि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकलाई निलम्बन गरेका हुन् । सरकारले यही २४ असोजमा कार्यकारी निर्देशक डा. बसौलालाई निर्देशक पदमा राखिरहँदा प्रमाण नष्ट गर्न सक्ने र गैरजिम्मेवारपूर्ण काम कारबाहीले बोर्डलाई नोक्सानी गर्न सक्ने देखिएको हुँदा तीन महिनाका लागि कार्यकारी पदबाट निलम्बन गरिएको मन्त्रालयका उपसचिव कृष्ण थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा.सेनेन्द्रराज उप्रेतीले दुई वर्ष कार्यकाल बाँकी हुँदै ७ महिना अघि राजीनामा दिएका थिए । ७ महिनादेखि बोर्ड अध्यक्षविहीन छ । ५ सदस्यले पनि राजीनामा दिएपछि अब बोर्डमा निमित्त कार्यकारी निर्देशक र अर्थ मन्त्रालयका प्रतिनिधि गरी दुई जना मात्र सदस्य छन् ।

बीमा बोर्डको व्यवस्थापनमा क्षमताको ठुलो अभाव रहेको जिकिर गर्दै पूर्वअध्यक्ष उप्रेती भन्छन्, ‘कर्मचारीलाई निलम्बन गर्दा पाँच जना सदस्यले राजीनामा दिनु, मन्त्रालय र बोर्डबिच समन्वय छैन भन्ने सिधै प्रमाणित हुन्छ ।’

मन्त्रालयले कार्यकारी निर्देशकलाई निरन्तर राखिरहँदा स्वास्थ्य बीमा बोर्डलाई अझ हानी हुने भनी निलम्बन गरेपछि प्रमाणसहित प्रमाणित गर्नुपर्ने डा.उप्रेतीको धारणा छ ।

बोर्डमा मन्त्रालयको हस्तक्षेप

सरकारले स्वास्थ्य बीमा ऐन, २०७४ मा बोर्डलाई स्वायत्त निकाय भनेर उल्लेख गरेपनि बोर्डमा स्वास्थ्य मन्त्रालयको हस्तक्षेप कायमै छ डा. उप्रेतीका अनुसार उनी बोर्डमा हुँदा बोर्डले पटक पटक स्वास्थ्य बीमाको व्यवस्थापन सर्वेक्षणबारे जानकारी गराउँदा मन्त्रालयले चासो नै दिएन । मन्त्रालयको असहयोगले स्वास्थ्य बीमा कमजोर भएको उनको जिकिर छ ।

बोर्डले करिब दुई वर्षअघि स्थायी ९२५ र करार ४२ गरी ९६७ कर्मचारी नियुक्तिको प्रस्ताव स्वास्थ्य मन्त्रालयमा पठाएपनि दरबन्दी स्वीकृतिका लागि अगाडि बढाइएको छैन ।

यस्तै, बोर्डले गत वैशाख १४ गते करार सेवाका लागि ५५ जना माग गरी लोक सेवा आयोगमार्फत लिखित परीक्षा गराए पनि पछि मन्त्री बस्नेतले नतिजा प्रकाशन नगर्न निर्देशन दिएको बोर्डका कर्मचारीहरू सुनाउँछन् । रकम भुक्तानीका सम्बन्धमा पनि मन्त्रालयको हस्तक्षेप रहेको उनीहरूको भनाइ छ ।

यसअघि गत असार १७ गते मन्त्रीस्तरीय निर्णय गरी १ साउनदेखि लागू हुने गरी अनिवार्य काज फिर्ता भई मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिइएको थियो । त्यसपछि स्वास्थ्य बीमाको कम ठप्प हुँदा उक्त निर्णय फिर्ता लिइएको थियो ।

यस्तै, मन्त्रीपरिषद्ले ९ सदस्यीय बोर्डमा नियुक्त गर्ने व्यवस्था रहेकाले बोर्डमा राजनीति छिरेको उनको भनाइ छ, ‘व्यवस्थापनले आफ्नो हठ नछोड्ने, अर्कोतिर स्वास्थ्य मन्त्रालयले संगठन व्यवस्थापनमा हस्तक्षेप गरेको छ । संगठन सर्वेक्षण पनि बेवास्ता गरेको छ ।’

यस्तै, स्वास्थ्य मन्त्रालयले बीमा बोर्डलाई महाशाखाको रूपमा लिन खोज्दा समस्या देखिएका डा. उप्रेतीको जिकिर छ ।

२०७२ बाट सुरु भएको स्वास्थ्य बीमा २०८० सालसम्म आइपुग्दा बीमा गराउने र नवीकरण गराउने दर न्यून छ । स्वास्थ्य बीमा गरेकामध्ये ७० प्रतिशत नागरिकले मात्रै नवीकरण गरेको पाइएको छ यही असोज ४ गते सम्मको तथ्याङ्कमा ३० प्रतिशतले बीमा नवीकरण गरेका छैनन् ।

४ असोजसम्म २२ लाख १६ हजार ६५९ अर्थात् ३३.२५ प्रतिशत परिवारका ७१ लाख ८१ हजार ३२५ जना अर्थात् २४.६२ प्रतिशत नागरिकले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध छन् । यसरी आबद्ध भएकामध्ये ५० लाख २६ हजार ९२७ जना अर्थात् ७० प्रतिशतले मात्रै नवीकरण गरेको पाइएको छ ।

विद्यमान अवस्थामा ३२ लाख ३१ हजार ५९६ जना अर्थात् ४५ प्रतिशतले सेवा उपभोग गरेका छन् ।

स्वास्थ्य बीमा कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, प्रादेशिक अस्पताल, संघीय अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज र निजी अस्पतालहरू गरी ४६६ वटाबाट सेवा दिइँदै छ ।

हाल आएर तीमध्ये २६ वटा सेवा प्रदायक स्वास्थ्य संस्थालाई सूचीबाट हटाइएको बीमा बोर्डले जनाएको छ ।

छानबिन हुँदै

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार निलम्बन परेका बोर्डका कार्यकारी निर्देशक डा बसौलामाथि लागेका आरोपबारे छानबिन प्रक्रियामा रहेको छ ।

उनले भने, ‘छानबिनका क्रममा उहाँमाथि लागेको आरोप गलत ठहर भएमा उहाँ नै पुनर्बहाली हुनुहुन्छ । प्रमाणित भए कानुनी प्रक्रियाअनुसार अगाडि बढ्छ ।’

छानबिनको प्रक्रियामा भएकाले तत्कालका लागि स्वास्थ्य बीमा बोर्डको कार्यहरू निरन्तरता दिन मन्त्रालयले निमित्त कार्यकारी निर्देशकमा डा. मदन उपाध्याय नियुक्त गरेको डा. बुढाथोकीले बताए । स्वास्थ्य बीमा बार्डका अन्य पाँच सदस्यहरूले दिएको राजीनामाबारे मन्त्रालय बुझ्ने प्रक्रियामा रहेको उनको भनाइ छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

11/08/2025
डा.अन्सारी द्वारा पाँचलाख ट्याब्लेट पारासिटामोल निःशुल्क वितरण गर्दै ।

डा.अन्सारी द्वारा पाँचलाख ट्याब्लेट पारासिटामोल निःशुल्क वितरण गर्दै ।

08/04/2025
बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

12/27/2024
कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

08/15/2024
गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

08/14/2024
दुहबी ९ मा महिला संबंधित खतनाक रोगको एकिकृत स्कृनिङ सिबिर सन्चालन

दुहबी ९ मा महिला संबंधित खतनाक रोगको एकिकृत स्कृनिङ सिबिर सन्चालन

05/22/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist