• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

कोशी अस्पतालमा जिउँदै नवजात शिशुलाई मृत घोषणा गरेका डाक्टर माथी कुटपिट ।

काेचिला खबर by काेचिला खबर
01/18/2023
in स्वास्थ्य
90
SHARES
410
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर / विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा.आकाश यादवले विरामी भएर हस्पिटल ल्याएको जिउँदै नवजात शिशुलाई मृत घोषणा गरेपछि डाक्टरमाथि हातपात भएको छ ।

स्वासप्रश्वासमा समस्या भएपछि कोशी ल्याएको १८ दिनको नवजात शिशुलाई डाक्टर यादवले आज बिहान राम्रोसँग स्वास्थ्य उपचार नगरी जिवित बच्चालाई मृत घोषणा गरिदिएका थिए ।

मोरङको जहदा गाउँपालिका–३ भातिगन्जकी उमा मुखियाले कोशी अस्पतलामा पुस १७ गते छोरीलाई जन्म दिएकी थिइन् । नर्मल डेलिभरी भएर छोरीलाई जन्म दिएकी नवजात शिशुको तौल १ किलो चार सय ग्राम थियो । हस्पिटलमा केही दिन बसेपछि उनलाई डिस्चार्ज दिइयो ।
विराटनगर ८ मधुमारा माइती घर रहेको मुखियाले छोरीलाई जन्म दिएपछि माइतीमा बस्दै आएकी थिइन् । उनका श्रीमान् दिलिप मुखिया हुन् । उनी एम्बुलेन्स चालक हुन् । मुखिया कोशी हस्पिटल बाहिर बस्ने गर्दछन् ।

छोरीलाई स्वासप्रश्वासमा समस्या देखिएपछि मुखिया दम्पतीले आज बिहान आठ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा लिएर आएका थिए । ड्यूटीमा रहेका मेडिकल अफिसर डा. आकाश यादवसहित अहेवहरू लक्ष्मण माझी र टिका भण्डारी रहेका थिए ।

आकस्मिक कक्षमा नवजात शिशुलाई राखेपछि चिकित्सक यादवले स्वास्थ्य जाँच गरेका थिए । ‘त्यसपछि हामीलाई डाक्टरले भने, ‘छोरीको सास छैन । घर लैजानु,’ शिशुका बुबा मुखियाले भने । डाक्टरले यति भनेको खबर सुनेपछि शिशुको आमा उमा र आफन्तको आकस्मिक कक्ष बाहिर रुवाबासी सुरू भयो । ‘मैले श्रीमतीलाई समात्न थाले । तेही बीचमा जेठानी दिदीले छोरीलाई बोक्नुभएको रहेछ । आकस्किम कक्षको शैय्याबाट छोरीलाई बाहिर लिएर आउनुभयो । छोरीले हातखुट्टा हल्लाइन् । त्यसपछि थाहा भयो । जिउँदो मेरो छोरीलाई डाक्टरको लापरवाहीले मृत भनिदिएको रहेछ,’ दिलिपले भने, ‘विरामीको उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कडा कारवाही हुनुपर्दछ ।’

अहिले दिलिपले छोरीको उपचारको लागि कोशी अस्पतालदेखि एक सय मिटर दक्षिणमा रहेको गोल्डेन अस्पतालमा राखेर उपचार गर्दैछन् । छोरीलाई अहिले एनआइसियूमा राखेर उपचार सुरू गरिएको छ । ‘अहिले गोल्डेनमा हस्पिटलमा राखेर छोरीको उपचार सुरू गरेको छु,’ उनले भने, ‘उपचारमा संलग्न चिकित्सकले पनि छोरीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको बताउनुभएको छ ।’

मृत घोषणा गर्ने चिकित्सकमाथि कुटपिट
उपचारमा लापरवाही गरी जिउँदो नवजात शिशुलाई मृत घोषणा गरेको आरोप लागउँदै कोशी अस्पतालको अकस्मिक कक्षको डा. आकाश यादवलाई कुटपिट गरिएको छ । नवजात शिशुको आफन्तहरुले डा. यादवलाई कुटपिट गरेका हुन् । कुटपिटबाट डाक्टर यादवको टाउकोमा चोटपटक लागेको छ ।

चिकित्सकमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मनोज मुखिया, मन्नु मुखिया र अर्को एक जना नाम नखुलेको व्यक्तिलाई नियन्त्रणमा लिएको दिलिप मुखियाले बताए । कोशी अस्पतालबाट नियन्त्रणमा लिएर प्रहरीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको बताइएको छ ।

कोशी अस्पतालका मेसु डा. लक्ष्मीनारयण यादवले घटना विषयमा बुझने काम भइरहेको बताए । ‘नवजात शिशुलाई हस्पिटल ल्याउँदा मुटुको धड्न थिएन । सास पनि चलेको थिएन उपचारमा संलग्न चिकित्सकले भनेका छन् । त्यस विषयमा बुझने काम भइरहेको छ,’ उनले भने, ‘यदि उपचारमा लापारबाही भएको पाइएपछि हस्पिटलले एक्सन लिनेछ ।’हाम्रोमत बाट

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

11/08/2025
डा.अन्सारी द्वारा पाँचलाख ट्याब्लेट पारासिटामोल निःशुल्क वितरण गर्दै ।

डा.अन्सारी द्वारा पाँचलाख ट्याब्लेट पारासिटामोल निःशुल्क वितरण गर्दै ।

08/04/2025
बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

12/27/2024
कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

08/15/2024
गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

08/14/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist