दुहबी / दुहबी स्थित रहेको श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले २३ औँ स्थापना दिवसको अवसरमा बिहीबार खुल््ला रक्तदान तथा निःशुल्क आखाँ शिबिर कार्यक्रम सम्पन्न भएको छ ।

दुहबी इलाक प्रहरी कार्यालयको प्रमुख जय देव माझीको प्रमुख आथित्यतामा सो कार्यक्रम सम्पन्न हो ।
सुनसरीको दुहवी ५ स्थिति रहेको श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले विगत वर्षहरु झै “रक्क्तदान जिवन दान” भन्ने मुल नाराको साथ रक्तदान कार्यक्रम र निः शुल्क आखाँ शिबिर कार्यक्रमको आयोजना गरीएको हो ।

रक्ततदान कार्यक्रममा जम्मा ६० जनाले रक्क्तदान गरेका छन जस मध्ये पुरुष ४४ जना र महिला १६ जनाले रक्तदान गरेको संस्थाका संस्थापक अध्यक्ष मिलिराम चौधरीले जानकारी दिएका छन् ।
आखाँ शिबिरमा जम्मा २०५ जना ले सेवा लिएको छ जस्मध्ये मतियाबिन्दु ३८ जना र आखाँमा मासु पलाएको ५ जना भेटिएको हुनाले बिरामीहरुलाई उपचारका लागी बिराटनगर लग्ने संस्थाका अध्यक्ष मिलिराम चौधरी जानकारी दिएको छ ।

हाल श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि मा ३ हजार सेयर सदस्य रहेको छ । र संस्थाको कारोबार रकम ३० करोड भन्दा माथि रहेको संस्थाका प्रबन्धक मनोज सुतिहारले जानकारी दिएका छन् ।





