दुहबी / सुनसरीको दुहबी बजार क्षेत्र भित्र संचालनमा रहेका केहि स्वास्थ्य संस्थाहरु तथा अस्पतालले अनुमती नलिइकन आफू खुशी मनोमानि तरीकाले बेड राखी बिरामी भर्ना देखि अन्य सेवा प्रभाव गरिरहेको हुदा सोमबार दुहबी नगरपालिकाले अनुगमन गर्ने क्रममा सो बारे खुल्नमा आएको छ।
दुहबी नगरपालिकाकि उपमेयर मेनुका पोखरेल खतिवडाको संयोजकत्वमा रहेको सोमबार गरिएको अनुगमनमा स्वास्थ्य संस्थाको दर्ता संचालन अनुमति न भएको दुहबी ३ स्थितमा रहेको दुहबी सिटि हस्पिटलको सम्पुर्ण सेवा र दुहबी ४ स्थितमा रहेको पिपुल्स सामुदायिक स्वास्थ्य सेवा प्रालीको फार्मेसी सेवा वाहेकको सम्पुर्ण सेवा बन्द गराउने निर्देशन दिएकि हुन।
दुहबी ३ स्थित रहेको इजि केयर स्वास्थ्य सेवा प्रालीलाई भने भौतिक पुर्वाधार लगायतको काम पूरा न गरेकोले यथास्थितीमा अनुमतिकोलागि नविकरण न गराइने दुहबी स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर महतोले जनाए।
लामो समय देखि दुहबी नगर भित्र संचालनमा रहेका अबैध स्वास्थ्य संस्थाहरुले अनुमती बिना मेडिकल, पोलिकिल्निक, अस्पताल संचालन गरिरहदा बिरामीहरु ठगिरहेको खुलासा भई सक्दा समेत सम्बन्धित सरोकारवालाहरुबाट हाल सम्म पनि कुनै ठोस कार्वाही गर्न नसकेको स्थानीयहरु बताउछन।
अनुगमनको क्रममा दुहबी ३ स्थितमा रहेको सुनसरी सामुदायिक अस्पतालमा दर्ता अनुमती दुरुस्त पाइएको थियो भन्र केही सामान्य कुरा सुधार गर्नु पर्ने पक्ष देखिएकोले सुधार गर्न निर्देशन दिइएको थियो। अनुगमनमा उपमेयर मेनुका खतीवडाको संयोजकत्वमा भएको अनुगमनमा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि,दुहबी नगरपालिका स्वास्थ्य शाखा लगायतका कर्मचारी,उद्योग बाणिज्य संघ दुहबीका प्रतिनिधि संचारकर्मी लगायतको सहभागिता रहेको थियो।





