प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या ९६६ पुगेको हो ।मंगलबार मोरङमा १७ जना, झापामा ३ र ओखलढुङ्गामा १ जनामा संक्रमण पुष्टि भएको थियो ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा ११ पुरुष र ५ महिला, कटहरीमा १ महिलामा संक्रमण देखिएको हो । झापाको झापा गाउँपालिकामा २ पुरुष र विर्तामोडमा १ पुरुष, ओखलढुङ्गाको सिद्धिचरणमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रदेश १ मा आज ८ सय २३ जनाको पीसीआर परीक्षण गरिएको छ । १ सय ९९ महिला र ६ सय २४ पुरुषको परीक्षण गर्दा ६ महिला र १५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताए । प्रदेश १ मा ४० हजार ८ सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ ।