दुहबी / सुनसरी दुहबीका २ युवा साइकलमा १५ सय किलोमिटर टाढा केदारनाथ सम्मको यात्रामा निस्किएका छन् सुनसरी दुहबी ओमप्रकाश बीके र अभिषेक मण्डल विश्व शान्ति र जनकल्याणको निम्ति साइकलमार्फत पवित्र धार्मिक स्थलहरूको यात्रा गर्दैछन् ।
उनीहरु हालै केदारनाथको यात्रामा निस्केका छन् । अयोध्याको सफल भ्रमणपछि उनीहरू आफ्नो साहसी यात्राको अर्को चरणमा केदारनाथको दिशामा अघि बढिरहेका छन् ।
आफ्नो यात्रामा हिँड्दै गर्दा अहिले उनीहरू जनकपुरमा पुगेका थिए जनकपुर पुग्नु उनीहरूको यात्राको एउटा महत्वपूर्ण मोड हो । जहाँ उनीहरूले पवित्र स्थलको दर्शन गर्दै अघि बढिरहेको बताएका छन् ।