दुहबी / सुनसरीको दुहबीमा मिसेज तिज २०८१ चौथो संस्करणको फाइनल प्रतियोगिता आफ्टर डार्क पार्टी प्यालेसमा यहि भदौ २१ गते हुने आयोजक दुहबी जेसिजका दिपेश राउतले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्
भदौ १३ गते देखि सुरु भएको प्रतियोगितामा ब्यक्तित्व विकास तथा आत्मनिर्भरताका लागि तालीमको आयोजना गर्दै दुहबी नगरपालिकाको १२ वटा वडा, बुढीगंगा गाउँपालिका र गढी गाउँपालिकाका ३० जना महिला दिदिबहिनीहरुको सहभागिता रहने प्रतियोगिता दुहबी नगरपालिकाको संयोजनमा सम्पन्न हुने दुहबी जेसिकका अध्यक्ष प्रकाश साहले जनाए ।
मिसेज तिज २०८१ चौथो संस्करणको फाइनलमा बिजय हुने प्रतियोगीले उपाधी र मिसेज तिजको ताज सहित २५ हजार १ सय नगद तथा गिफ्ट हेम्पर प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २० हजार १ सय नगद तथा गिफ्ट हेम्पर प्राप्त गर्नेछन् । तेस्रो हुनेले १५ हजार १ सय नगद तथा गिफ्ट हेम्पर प्राप्त गर्ने जनाइएको छ भने विभिन्न उत्कृष्ट विधा तर्फबाट १५ जनालाई ५१ सय नगद तथा गिफ्ट समेत हेम्पर प्रदान गरिने दुहबी जेसिजका प्रबीण अग्रहरीले जनाएका छन् ।