दुहबी / दुहबी वडा नम्बर ४ का अध्यक्ष मुस्तकिम मियाले निर्माणाधिन दुहबी रंगशाला अगाडि राखेको कवाडि फलाम खरिद प्रकृया बिपरित बिकृबितरण गरेको भन्ने आरोप बारे छानबिन गर्न ५सदस्य छानबिन समिति गठन गरिएको छ। आज दुहबी नगर प्रमुख बेद गच्छादारको अध्यक्षता मा बसेको कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृत हिमालय बरालको संयोजकत्वमा ५ सदस्य छानबिन समिति गठन गरेको छ। सदस्य हरुमा लेखा अधिकृत दिपेन्द्र चौधरी, इन्जिनियर हेम नारायण चौधरी, राजस्व शाखाका उत्तम खतिवडा, प्रशासन शाखाका कचित दुलाल, रहेका छन्।
नगर प्रमुख बेद गच्छादारले छानबिन समितिका कर्मचारी हरुलाइ आगामि भदौ १९ गते बुधबार सम्म छानबिन गरि प्रतिबेदन बुझाउन निर्देशन दिएका छन । सरकारी सम्पत्ति दुरुपयोग अभियोग लागेका वडा अध्यक्ष मिया लाइ कार्वाहिको माग गर्दै १३ भदौमा एमाले सहित बिभिन्न राजनितिक दलहरुले ज्ञापन पत्र बुझाएका थिए। उक्त पत्र बुझेपछि नगर प्रमुख गच्छादारले दलका नेताहरु संग राय माग्दा सर्वदलिय छानबिन समिति बनाउने निस्कर्ष निक्लिएको थियो ।
त्यहि निस्कर्ष लाइ स्विकार्दै सबै उपस्थित दल हरुको सहमति अनुसार दुहबी नगर पालिकाले दुहबी आधार क्षेत्र बनाएर काम गर्दै आएका प्रत्यक राजनिति दललाइ पार्टीबाट १ /१ जना प्रतिनिधि पठाइदिन पत्र समेत पठाइएको भए पनि कांग्रेस बाहेक अन्य दलले उक्त पत्र बुझ्न इन्कार गर्दै प्रतिनिधि नपठाएपछि नगरप्रमुख गच्छादारले नगरकार्यपालिकाको बैठक राखि कर्मचारि तर्फबाट नै ५ जनाको छानबिन समिति गठन गरेका छन ।