दुहबी / दुहबीको एक घरमा दिउँसै चोरी भएको छ । दुहबी नगरपालिका–६ घर भएको कलामुदिन मियाको घरमा शनिबार दिउँसो चोरी भएको दुहबी प्रहरीले जनाएको छ ।
चोरले नगद सहित सुन तथा चाँदीका गर–गहना समेत गरी करिब १० लाख मुल्य बराबरको धनमाल चोरी गरेको घर मालिक कलामुदिन मियाले बताए ।
मियाको भनाई अनुसार घरमा कोहि नभएको मौका छोपी घर भित्र रहेको दराज फोडि धनमाल लगेको बताए ।
प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको दुहबी प्रहरीले बताएका छन ।