दुहबी / दुहबी वडा नम्बर १ को कार्यालयले खर्च बिवरणको सार्वजनिक सूचना दिन आनाकानी गरिरहेका छन ।
दुहबी वडा वडा नम्बर १ को कार्यालयले ईन्धन , तालीम लगायत विभिन्न शीर्षकमा अनियमितता भएको हुन सक्ने आशंकामा स्थानीयले गत जेष्ठ २२ गते खर्च बिवरण सार्वजनिक गर्न लिखित माग गरेका थिए ।
स्थानीयले सार्वजनिक सूचनाको २०६३ को धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन २०७२ को दफा ३ र ७ प्रयोग गरी सूचना तथा विवणको प्रमाणित प्रतिलिपी पाउ भन्दै निवेदन पेश गरेका थिए ।
सो लिखित सुचनाको हक सम्बन्धि लिखित निवेदन पेस गरेको १ महिना पुग्न लाग्दा समेत सूचना लुकाएर सूचना सार्वजनिक गर्न आनाकानी गरेको निवेदकहरु बताउछन ।
सो निवेदन दुहबी वडा नम्बर १ को कार्यालयमा दर्ता नम्बर ९८६ रहेकोछ भने दुहबी १ का वडा अध्यक्ष अजुल हुसेनले निवेदनमा तोक लगाएको देखिन्छ ।
उता दुहबी वडा नम्बर १ को कार्यालयमा गइ १ महिना हुन आटो सूचना किन किन आनाकानी गर्नु भएको भनेर एक निवेदकले प्रश्न गर्दा वडा अध्यक्ष अजुल हुसेनले कामको चाप बढेकोले दिन नस्केको भन्दै पन्छिन खोजेका छन ।