दुहबी / मोरङको बुढीगंगा ४ स्थित बुढी खोलामा केही दिन अगाडी माटो काट्ने बीषयमा बिवाद हुदा दुहबी १ प्रास टोकि घर भएको जाबिर मियाको ज्यान जादा समेत हाल सम्म पनि मोरङ प्रहरी र बुढीगंगाका जनप्रतिनिधिले अवैध खोला दोहन रोक्न नस्कदा स्थानीयहरुले गुनासो गरेका छन ।
दुहबी नगरपालिका वडा नम्वर ६ र बुढीगंगा गाउँपालिका वडा नम्बर ५ को सिमानामा पर्ने बुढीखोलामा माटो प्रसोधनको नाममा ठेकेदार पक्षले मापदण्ड बिपरित डोजर प्रयोग गरी माटो काटि बेच्दै गरेको देखिन्छ ।
उता बुढी खोला दोहन हुँदा दुहबी वडा नम्बर ६ को बस्ती र खोलाको किनारमा रहेको नम्बरी जग्गाहरु उच्च जोखिममा पर्न सक्ने स्थानीयहरु बताउछन ।
बुढी गंगा गाउँपालिका संग ठेक्का पाईएका रोयल कन्टक्सनका ठेकेदार पक्षले बुढीखोलाको धारनै परिवर्तन हुँनेगरि बुढीखोलामा डोजर लगाएर ठाउँ–ठाउँमा गहिरो भंगालो बनाउँदा समेत सरोकारवालाहरु बेखवर रहेको पाइएको छ । बस्ती छेवमा रहेको बुढीखोलामा डोजर लगाएर खोला उत्खनन हुँनेगरि अवैधरुपमा गहिरो भंगालो बनाउँदा समेत कसैले वास्ता नगरेको स्थानियहरु बताउँछन । सो ठाउँमा गहिरो भंगालो बनाइ नदि उत्खनन गर्ने गरेको र सयौंको संख्यामा ट्रयाक्टर र टिपरबाट माटो लाने गरेको पाइएको छ।
खोला भित्र र खोलाको किनारमा माटो कारोवारीहरुले डोजर लगाएर गहिरो भंगालो बनाइ उत्खनन गर्दा समेत कसैले रोक्ने प्रयास गरेको छैन । प्रारिम्भक वातावरणीय परिक्षण प्रतिवेदन विपरित पुरै वस्ती र नदि छेवछावका नम्बरी जग्गालाइ जेखिम पार्ने हिसाँवले खोलाको प्राकृतिक बहावको छेवछावमा अवैधरुपमा उत्खनन भइरहेको भएपनि कसैले न रोक्दा त्यसमा प्रहरीको मिलेमतो हुँनसक्ने स्थानियको आशंका छ।
स्थानिय तहले खोलाको प्राकृतिक बहावको दायाँ र बायाँ तिनसय मिटर ऐलानी र नम्बरी जग्गाको माटो उत्खनन गर्न न पाइने ब्यवस्था छ। सो विषयमा बुढिगंगा गाउँपालीकाका अध्यक्ष जितु थापा संग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
यता सो विषयमा ईलाका प्रहरी कार्यलय नेमुवा सँग बुझ्दा अवैध किसिमले खोला उत्खन्न रोक्न प्रहरी पटक पटक परिचाल गरी रोक्दा समेत पुन खोला दोहन गरेको भेटे कार्वाहीको दायरामा ल्याउने बताए ।