• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

स्थानिय तहको २४ अर्ब ५९ करोड बजेट कटौतीले पालीकाहरु लाइ आर्थिक खडेरी ठुला ठुला योजना अलपत्र

काेचिला खबर by काेचिला खबर
06/05/2024
in FEATURE, मुख्य
54
SHARES
246
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / संघिय सरकारले देशभरका ७५३ वटै पालिकाहरुको बित्तियसमानिकरण को बजेट २४ अर्ब ५९ करोड कटौति गरे पछि पालिका हरुलाइ आर्थिक खडेरी परेको छ। यसैलाइ लिएर आर्थिक वर्षको अन्त्यका बेला देशभरका स्थानीय तह आन्दोलनमा छन्। आन्दोलन गर्नुपरेको संघ सरकारले पठाउने समानीकरण अनुदानको कटौतीले हो। हुन पनि कतिपय काम भइसकेका योजनामा भुक्तानी दिनुपर्ने दायित्व स्थानीय सरकारहरूलाई छ। तर उनीहरूलाई संघले बजेट नै कटौती गरिदिएको छ।

२५ प्रतिशत कटौती गर्दै संघले पालिकाहरूलाई बजेट पठाएको छ। महालेखा नियन्त्रक कार्यालयले २०८१ वैशाख १२ गते देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई ७४ दशमलव ११ प्रतिशतमा नबढ्ने गरी वित्तीय समानीकरण अनुदानतर्फको बजेट हस्तान्तरण गर्न परिपत्र गरेको छ। चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा स्थानीय तहलाई ८७ अर्ब ३५ करोड रुपैयाँ बजेट वित्तीय समानीकरण अनुदानतर्फ विनियोजन संघ सरकारले गरेको थियो। तर त्यसैमा कटौती भएको छ। ७ सय ५३ पालिकाको २४ अर्ब ५९ करोड कटौती भएको हो।

राजस्व संकलनको सम्पूर्णजस्तो जिम्मेवारी संघ सरकारसँग छ। देशभरका प्राकृतिक स्रोत र राजस्वबाट संकलित रकम प्रदेश र स्थानीय तहलाई बाँडफाँट गर्न अन्तर–सरकारी वित्त व्यवस्थापन ऐनको व्यवस्था छ। ऐनको २०७४ परिच्छेद–४ मा अनुदानसम्बन्धी व्यवस्था छ। सोहीअनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निश्चित सूत्रमार्फत अनुदानको बाँडफाँटको सिफारिस सरकारलाई गर्छ। सोहीअनुसार नै पालिकाहरूले समानीकरण अनुदान पाउने हुन्। संघले दयामाया गरेर पालिकाहरूलाई समानीकरण अनुदान दिने होइन। अझ संविधानको मर्मअनुसार राजस्व बाँडफाँट गर्ने ऐन बनाइएको छैन र संघलाई धेरै तथा प्रदेश र पालिकाहरूलाई थोरै दिने व्यवस्था मिलाइएको छ।

संघीय सरकारले पाँचथरी शीर्षकमा बजेट पठाउँछ। त्यसमध्येको सबैभन्दा महत्वपुर्ण नै समानीकरण अनुदान हो। जसबाट पालिकाहरूले विभिन्न विकास निर्माणका योजना बनाएर कार्यान्वयन गर्छन्। सुरुमा भनिएअनुसारको बजेटमा आधारित रहेर योजना बनाएका पालिकाहरूलाई अहिले अनुदान कटौतीले अप्ठेरो परेको हो। योजना कार्यान्वयनमा गइसकेको हुँदा भुक्तानी दिन नै मुस्किल पर्ने गरी कटौती हुँदा उनीहरूसँग अर्काे उपाय छैन। संघले राजस्व संकलनमा आएको गिरावटको आधारमा अनुदान कटौती गरेको भनेको छ। हो, पनि राजस्व संकलन अनुमान गरिएअनुसार हुन सकेन। तर अब पालिकाहरूलाई गरिसकेको कामको भुक्तानी दिने व्यवस्था चाहिँ संघले अरू उपायबाट भए पनि गर्नुपर्छ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

07/17/2025
विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

07/06/2025
दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

07/05/2025
दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

06/29/2025
सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

07/02/2025
अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

05/25/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist