दुहबी / दुहबी ब्याडमिन्टन क्लवको प्रथम साधारण सभा मार्फत नवनिर्वाचित क्लवको अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यहरुको आज पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ्। दुहबी ४ स्थित कवर्ड हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि दुहबी नगर प्रमुख बेद गच्छादारले नवनिर्वाचित पदाधिकारीहरुलाइ पदस्थाप्न र बिशिस्ट योगदान गर्ने लाइ सम्मान पत्र हस्तान्तरण गरेका थिए। गत बैषाख २० मा निर्वाचित क्लवका अध्यक्ष दुहबी १० का दिल बहादुर थापा ( केदार ) बिजयी भएका थिए। चुनाबि प्रकृया मार्फत २ जना प्रतिस्पर्धि लाइ हराउदै उनि अध्यक्ष मा निर्वाचित भएको निर्वाचन अधिकृत शेसक राम थन्दारले जनाए थिए । थापाले कुल खसेको १३ मत मध्य ८ मत प्राप्त गरेका थिए। उनका प्रतिद्वन्दि राम नारायण थारुले ५ मत प्राप्त गरेका थिए भने राजेश कुमार चौधरीले ० ( सुन्य) मत प्राप्त गरेको निर्वाचन अधिकृत थन्दारले जानकारी गराए।
दुहबी ४ स्थित कवर्ड हलमा भएको मतदानमा अध्यक्ष मा दिलबहादुर थापा ( केदार) उपाध्यक्ष खड्ग नारायण माझि, सचिव बिमल नारायण चौधरी, सह सचिव मनिष राइ ( मेमोरि युवा क्लवका कोषाद्यक्ष) कोषाध्यक्ष पुनम सरदार र सदस्य हरुमा पन्च नारायण चौधरी ( सुजेन) दिपक कुमार बिस्वास, रियाज अहमद, पर्शुराम चौधरी, हरि माझि, ध्रुब नारायण चौधरी, कुमार खड्का, धिरेन्द्र सुतिहार सहित १३ जनाको नया कार्यसमिति निर्वाचित बनेका थिए ।
प्रमाणपत्र बितरण कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख गच्छादारले संघिय सरकार, प्रदेश सरकारको स्पस्ट निति र स्थानिय सरकारलाइ हेर्ने दृष्टिकोण फरक हुदा मानबिय बिकाशमा उल्लेखित काम गर्न अप्ठ्यारो पर्दै आएको भएतापनि दुहबी नगरपालिकाले भिनिन्न खेलप्रेमि खेलाडीहरुको जिबनस्थर उकास्न र ब्यावसायिक खेलाडी उत्पादनगरि आत्मनिर्भर बनाउन ठुलो रकम खर्चिने गरेको बताए। ब्याडमिन्टन क्लव स्थापना पछि आफुले कवर्डहल निर्माण र स्तरउन्नति गर्न साथ दिएको ब्ताउदै उनले आगामि दिनमा पनि सहयोग रहने बचनबद्दता प्रकट गरे।