दुहबी / दुहबी नगरपालीका अगाडि बजार क्षेत्रको खाली जग्गामा बहुतल्ले दुहबी मल्टिप्रपोज बिजिनेस कम्प्लेक्स निर्माण गर्नका लागी आज बैशाख २० गतेका दिन दुहबी नगर प्रमुख बेद गच्छादार र नगर बिकाश कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा बिच नगर बिकाश कोषको केन्द्रीय कार्यलय काठमाडौं मा सम्झौता भएको छ ।
सम्झौता पत्रमा दुहबी नगरपालीकाको तर्फ बाट नगर प्रमुख गच्छादार र नगर बिकाश कोषका तर्फबाट कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाको ले हस्ताक्षर गरेका छन्। गत २०८० चैत्र ४ गते बसेको कोषको सन्चालक समितिको बैठकले दुहबि नगरपालीका सग ६०/ ४० को सहलगानीमा उक्त सपिङ्ग कम्प्लेक्स निर्माणका लागी लगानि गर्ने निर्णय गरेको थियो।
कोषको उक्त निर्णय पछि आज सम्झौता भएको हो। भ्याट सहित ३२ करोड ८४ लाख २९ हजार ६६४ रुपैया ५८ पैसा भवन निर्माण को लागत रहेको छ । लागत साझेदारी अन्तर्गत TDF ले ६०% र दुहबी नगर पालीकाले ४०% खर्च ब्यहोर्नु पर्ने हुन्छ्। आयोजना मुल्यान्कन प्रतिबेदन अध्ययन पस्चात कोषको २०६ औ बैठकले स्विकृत लगानि बिनियमावली २०७९ को ३८ बमोजिम कोष ब्यावसाय प्रवर्धन तथा आयोजना माहाशाखा बाट मुल्यान्कन गरि दुहबी कम्लेक्स निर्माणका लागी चैत्र ४ मा सिफारिस गरेको थियो। आज भएको सम्झौता पस्चात तत्कालै टेन्डर प्रकृया मा लैजाने र यसै आर्थिक बर्ष भित्रमा उक्त भवनको सिलान्यास गरिने दुहबी नगर प्रमुख गच्छादार ले बताएका छन्।
दुहबी नगरपालीकाको स्वामित्वमा रहेको बजार क्षेत्रको जग्गामा बनाइएका अबैद्य घरटहराहरु गत २०८० साल बैशाख ५ गते नगरपालीकाले खालि गराएपछि सो स्थानमा सुबिधा सम्पन्न बहुउपयोगी ब्यापारिक भवन निर्माण गर्ने लक्ष नगर प्रमुख गच्छादारले लिएका थिए ।
डबल बेसमेन्ट पार्किङ र इलेक्ट्रीक सवारिसाधन चार्जिङ सेन्टर सहित ग्राउन्ड फ्लोरमा ग्रोसरि सामाग्री का लागी छुट्याइने छ भने , सौचालय र दक्षिण बाहिर पट्टि सार्वजनिक सौचालय निर्माण हुने छन्। पहिलो तल्लामा इलेक्टिक, इलेक्ट्रोनिक , लेडिज एन्ड जेन्स वेइरिङ सामान, ब्युटि सामान , रहने छन, दोश्रो तल्लामा बैँक/ फाइनान्स, मनि एक्चेन्ज, फुड कोर्ट रहने छन्।यसै गरि तेश्रो तल्लामा कवर्ड हल, मिटिङ हल, सभाहल, बेबि स्पोर्ट्स जोन रहने , ब्यापारिक सर्टरहरु रहनेछन यसैगरी लेडिज / जेन्स जिमहल , स्पोर्ट्स जोन रहने गरि बहुआयामिक ब्यापारिक भवन बनाउन लागीएको गच्छादार ले बताए ।
सो भवन निर्माणका लागी माटोपरिक्षण र डिपिआर सकिइ सकेको छ्। कार्य थालनिको २ बर्षभित्रमा कन्स्ट्रक्सनको कार्य सकेर सो भवनबाट सेवा प्रवाह गरिने नगरप्र्मुख बेद गछ्दारले बताएका छन्। भवनको बाहिरि रोडको साइडतिर कुनैपनि ब्यापारिक सर्टर ननिकाल्ने र सबै भवनको भित्रीबाट नै ब्यापारिहरुको सहुलियतका आधारमा स्पेस उपलब्ध गराउने योजना रहेको बताउदै नगर प्र्मुख गछ्दारले भने भवन प्रबेशको मुख्य द्वार उत्तर वा पश्चिम बाट रहने छ्।
दुहबीमा बढ्दो जनसंख्या, सवारी साधन र सिमित जमिनलाइ आधारमानी आगामी ५० बर्ष पछि हुनसक्ने दुहबीको अवस्थालाइ ध्यानमा राखी दुर्गामि सोचका साथ यो सपिङ कम्प्लेसको योजना अगाडी सारेको उनले बताए।