दुहबी / मिति २०८१।०१।१७ गते दिनको अं. १२:३० बजेको समयमा जिल्ला सुनसरी बर्जु गाउँपालिका वडा नं. ५ स्थितमा रहेको प्रवेज अन्सारीको घरमा अबैध लागु औषध गाँजा जस्तो देखिने बनस्पती ट्याक्टरको ट्रलिमा लोड गरि विक्री वितरण गर्न लैजान लागेको छ भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का. सितागञ्ज सुनसरी र यस कार्यालयबाट खटिएको टोलीले निज प्रवेज अन्सारीको घरको आँगनमा को. २ त ३१७५ नम्बरको इन्जिन सहितको ट्याक्टरको ट्रलिमा प्लाष्टिकको बोरामा प्याक गरेको लागु औषध गाँजा ७ (सात) वटा बोरामा लुकाई सो माथी परालले छोपेको अवस्थामा जम्मा ८८ (अठासी) वटा प्लाष्टिकमा पोकामा १८८ के.जी. लागु औषध गाँजा फेला पारी लागु औषध गाँजा लोड गरेको ट्रली सहितको को. २ त ३१७५ नम्बरको ट्याक्टर र उक्त ट्याक्टरमा लोड भएको अवस्थामा फेला परेको लागु औषध गाँजा जस्तो देखिने बनस्पती ७ (सात) वटा वोरा भित्र ८८ वटा प्लाष्टिकको पोकामा रहेको १८८ के.जी. कानून बमोजिम बरामद गरि यस कार्यालयको नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।