दुहबी/ सुनसरीको दुहबीमा रहेको गोकुल किड्जी स्कुलको आयोजनामा ईलाका प्रहरी कार्यालय दुहबी परिसरमा आज बालबालिका संग प्रहरी हाम्रो साथी, पुस्तकालय हस्तान्तरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । स्कुल संचालक विद्यानन्द यादवले विद्यार्थी बालबालिकाहरुलाई प्रहरी हाम्रो साथी हो डराउनु हुदैन भनेर निडर बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जनाए । ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंले पुस्तकालय ग्रहण गर्दै बालबालिकाहरुको हौसला बढाएका थिए । गोकुल किड्जी स्कुलले असहाय तथा अभिभावक विहिन विद्यार्थीहरु लगायतलाई नि:शुल्क पठन पाठन लगायतको सामाजिक विकासको काम गर्दै आएको जनाइएको छ ।