दुहबी/ दुहबी २ स्थित घना वस्ती छेउमा रहेको प्रिमियर स्टिल उद्योगमा आगलागि हुँदा स्थानीयवासि आतंकित भएका छन् ।
घना वस्ती छेउमा अवैधानिक किसिमले केहि सरोकारवाला लगायतको मिलेमतोमा गलत तरिकाले प्रारम्भिक बाताबरणिय परिक्षण गरेर वस्तीवासीलाई प्रभाव पार्ने हिसाबले प्रिमियर स्टिल उद्योग स्थापना गरेको भन्दै स्थानीयवासीले दायर गरेको मुद्दा सर्वोच्च अदालत र अख्तियारमा बिचराधिन रहेको छ ।
१ महिना अगाडी सो उद्योगले आफ्नो क्षमता वृद्धि गरेपछि ठूलो आवाज आउने गरेको र अत्याधिक प्रदुषण बढेको भन्दै स्थानीयवासीले आन्दोलन समेत गरेका थिए ।
स्थानीयवासिले आन्दोलन गरेपछि उद्योग प्रशासनले धुवाँ,ध्वनि प्रदुषण कम गर्न मेसिन लगायतको ब्यबस्थापन गर्ने भनेपनि न गरेको स्थानीयहरु बताउँछन् । उद्योग छेउमा रहेको सामुदायिक विद्यालय, घना वस्ती, मदर्सा लगायतका सयौं नागरिक प्रभावित रहेको भन्दै स्थानीयहरु लगातार आक्रोशित छन् ।
आज बिहानै देखि सो उद्योगमा भएको आगलागि नियन्त्रण गर्न दुहबी, बिराटनगर, इनरुवा, इटहरी, धरान लगायतको दमकलले आगो नियन्त्रणमा लिएको जनाइएको छ ।
अचानक आगलागि भएको सो उद्योगमा आगलागीबाट लाखौंको क्षति भएको प्रारम्भिक अनुमान रहेपनि क्षतिको सम्पुर्ण बिवरण आउन बांकी रहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।