दुहबी/ सुनसरीको दुहबीमा जारी पाचौं मेयरकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फाइनल खेलमा दुहबी वडा नम्बर ८ ले दुहबी वडा नम्बर ६ लाई १-० गोल अन्तरले पछि पार्दै मेयरकपको उपाधी चुमेको छ ।
फाइनल खेलको मध्यान्तर सम्म दुवै तर्फबाट निकै प्रतिस्पर्धात्मक खेल भएपनि गोल रहित बराबरी भएको
थियो । निर्धारित समयको मध्यान्तर पछि दुवै तर्फबाट आक्रमक खेल भएपनि खेलको ७१ औं मिनेटमा दुहबी ८ का खेलाडी जर्सी नम्बर ४ सबिन रिजालले १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराए ।
फाइनल खेलका प्रमुख अतिथी दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले खेलाडीहरुको हौसला बढाउदैं दुहबीमा बिगत चौथो मेयरकपको कारणले दुहबी ८ का खेलाडीहरु सुनसरी जिल्लाको सि डिभिजन लिगमा छ्नौट भएकोमा खुसी व्यक्त गर्दै स्थानीय स्तरबाट ब्यबसायिक खेलाडी उत्पादन गर्न हर संभव प्रयास गर्ने जनाए । मेयर गच्छदारले दुहबी वडा नम्बर ८ लाइ उपाधी संगै १ लाख २५ हजार नगद तथा ट्रफि प्रदान गरे ।
उपबिजेता दुहबी वडा नम्बर ६ लाई दुहबी नगरपालिकाकी उपमेयर मेनुका पोखरेल खतीवडाले ७५ हजार नगद तथा ट्रफी प्रदान गरिन। प्रतियोगिता भरको सर्वोउत्कृष्ट खेलाडी दुहबी ६ का खेलाडी अजय गोश्वामी घोषित भए । उनलाई दुहबी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार केसिले नगद ७ हजार तथा ट्रफी प्रदान गरे ।
फाइनल खेलको उत्कृष्ट खेलाडी दुहबी वडा नम्बर ८ का खेलाडी नबराज चौधरी घोषित भए । उनले नगद २ हजार नगद तथा पदक पाए । प्रतियोगिताभरका विभिन्न विधा तर्फका खेलाडीहरुलाइ समेत पुरस्कृत गरिएको थियो ।