दुहबी/ सुनसरीको दुहबीमा जारी पाचौं मेयरकप फुटबल प्रतियोगिताको मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा दुहबी वडा नम्बर ८ ले ३ पटकको दुहबी मेयर कप बिजेता दुहबी वडा नम्बर १० लाई स्तब्ध पार्दै १-० गोल अन्तरले उपाधी नजिक फाइनलमा प्रवेश गरेको छ। खेलको ५३ औं मिनेटमा दुहबी वडा नम्बर ८ का खेलाडी संदिप चौधरीले १ गोल गर्दै आफ्नो टिमलाई बिजय गराउदै फाइनलमा पुर्याए । खेलको उत्कृष्ट खेलाडी दुहबी ८ का संदिप चौधरी घोषित भए। उनलाई दुहबी नगरपालिकाकी उपमेयर मेनुका पोखरेल खतीवडाले नगद २ हजार तथा पदक प्रदान गरिन ।
भोलि बुधबारको अन्तिम सेमिफाइनल खेल दुहबी वडा नम्बर ४ र दुहबी वडा नम्बर ६ का बिच हुने जनाइएको छ। मेयरकप प्रतियोगितामा प्रथम हुने टिमले उपाधी सहित १ लाख २५ हजार नगद तथा ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता टिमले ७५ हजार नगद तथा ट्रफी प्राप्त गर्ने जनाइएको छ ।