दुहबी /सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १२ का ३५ जना ज्येष्ठ नागरिकहरु सम्मानित भएका छन्। दुहबी वडा नम्बर १२ को वडा कार्यलय परिसरमा बृहत कार्यक्रम आयोजना गरि ज्येष्ठ नागरिकहरुलाइ सम्मान गरिएको थियो।
दुहबी १२ नम्बर वडाका वडाअध्यक्ष रामचन्द्र चौधरीको अध्यक्षतामा प्रमुख अतिथि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरि, बिशिस्ट अतिथिहरु दुहबी नगर प्रमुख बेदनारायण गच्छादार, उपप्रमुख मेनुका खतीवडा, सुनसरीका प्रमुख जिल्ला अधिकारि हुमकला पाण्डे, सुनसरी जिल्ला प्रहरी प्रमुख प्रभु ढकाल, दुहबी नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत राजकुमार केसि लगायतको उपस्थिति रहेको थियो।
ज्येष्ठ नागरिकहरुलाइ प्रमुख अतिथि मन्त्री चौधरीले मन्त्रालयद्वारा उपलब्ध गराएको हर्लिक्स र वडाको बिनियोजित बजेट मार्फत खरिद गरिएको दोसल्ला ओडाइ सम्मान गरिएको थियो । सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री चौधरीले ज्येष्ठ नागरिकको हितको लागी मन्त्रालयमा निति बनाएर काम गर्न लागीपरेको बताइन ।
बिशिस्ट अतिथि दुहबी नगर प्रमुख बेदनारायण गच्छादारले दुहबी नगरपालीकाले बालबालिका, महिला र ज्येष्ठ नागरिक, फरक क्षमता भएका नागरिकहरुको हितको लागी काम गर्दै आएको र निरन्तर अभिभावकत्व बहन गर्ने अठोट ब्यक्त गरेका थिए। गच्छादारले आफु मेयर भएदेखि नै आंखां सम्बन्धिका रोगिलाइ निशुल्क उपचार, सुनौला हजारदिन मार्फत नवजात शिशुको स्वास्थ्य , पौस्टिक आहार ब्यावस्थापन, बिवाहित नवदम्पतीलाइ सुभकामना पत्र सहित गर्भवती सुरक्षित जाँच, प्रोटेवल भिडियो एक्स्रे मार्फत स्वास्त्य जाँच, दलित, तथा बिपन्न समुदायको लागि ८५% सम्म पालीकले खर्च बेहोर्नेगरी स्वास्थ्य बिमा, मोबाइल एप मार्फत स्वास्थ्य जाँच, ५० हजार बिउपुजि सहित अपाङ्गता भएका जेस्ठ नागरिकहरुलाइ उद्यमशिलता बिकाश कार्यक्रम, नगरस्तरिय बाल संजाल र वडास्तरिय बालक्लव गठन लगायतका सामाजिक उथ्थान र दिगो समुन्नतीका कार्यक्रमहरु सन्चालन गरेको जनाए।
भौतिक बिकाश निर्माण मात्रै नभएर नागरिकको जिबिको पार्जन दिगो र आयमुलक साथै आत्मनिर्भरका योजनाहरु भित्राइ समुन्नत पालिका अभियान सन्चलन गरेको हुदा थप यस्ता कार्यहरु गर्दै जाने बचनबद्दता गर्दै वडा नम्बर १२ मा एडिबि मार्फत २ वटा रणनितिक सडक हरु आगामी बर्सभित्रमा सम्पन्न हुनेगरि काम अगाडि बढेको साथै २ करोडको हाराहारिमा नहर साइड रोड बन्ने क्रममा भएको बताएका थिए।