दुहबी/ दुहबी नगरपालिकाको १२ औं नगरसभा शनिबार सम्पन्न भएको छ । दुहबी नगरपालिकाको सभाहलमा भएको नगरसभामा प्रस्तुत भएको बजेट सर्वसम्मत रुपमा पारित भएको जनाइएको छ । नगरसभाले चालु आर्थिक वर्षको संशोधित बजेट तथा कार्यक्रम पारित गरेको हो ।
नगरसभामा प्रस्तुत भएका प्रस्तावको छलफलमा दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले दुहबीको विभिन्न विकास निर्माण लगायतको बारेमा जानकारी दिदैं दुहबीको सवै वडा जोड्ने रिंगरोड र लिंक रोडकालागि ५० किलोमिटर सडकको सर्वे भइरहेकोले यसै आर्थिक बर्षमा डिपिआर हुने जनाएका छन् ।
मेयर गच्छदारले आर्थिक मन्दीको असर नेपालमापनि परेकोले संघीय सरकार र प्रदेश सरकारले नगरपालिकाको बजेट कटौती गरेकोले दिगो विकासकालागि दुहबी नगरपालिकाको आयस्रोत बढाउन करको दायरा बढाउन आवश्यक रहेको जनाउँदै विभिन्न तालीम लिएर बसेका युवाहरुलाई उद्धमि बनाएर रोजगारमुलक बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।
नगरबासीको सम्मानयुक्त जीवन यापन, असल शासन, पारदर्शिता, जवाफदेहिता, सरल सहज छिटो र प्रभावकारी सेवा प्रवाह, नितिगत तथा संस्थागत क्षमता बिकास, स्रोत साधनको समुचित ब्याबस्थापन, सामाजिक रुपान्तरण, समन्वय सहकार्य र साझेदारी लगायतका बिषयलाई प्राथमिकतामा राखेको मेयर गच्छदारले बताए ।
नगरसभालाई सम्बोधन गर्दै दुहबी नगरपालिकाकी उपमेयर मेनुका पोखरेल खतिवडाले नगरको बिकास र समृद्धिलाइ सुशासन पारदर्शिता र समुन्नतिका अधार प्रस्तुत गर्ने बताइन।
नगरसभामा मन्तब्य राख्दै प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसिले हाल सम्म भएका नगरका हरेक कार्यक्रम र प्रस्ताव सर्वसम्मत रुपमा पारित हुदै आएकोमा कार्यपालिका र नगर सदस्यहरुलाई धन्यबाद दिए।
नगरसभामा प्रस्तुत भएका प्रस्ताव मध्य केही प्रस्तावमा नगरसभामा सदस्यले छलफलमा सहभागि हुँदै आफ्नो सुझाव समेत राखेका थिए ।