दुहबी/ सुनसरीको दुहबी बजारमा ६ लेन सडकको मुद्दाको पेशी आगामी बैशाख २०८० साल २४ गतेकालागि सरेको स्रोतको दावी छ। दुहबी बजारमा २ समुहले मुद्दा दायर गरेको थियो। तेस्रो समुहको मुद्दा दर्ताको तयारी समेत पूरा भएको जनाइएको छ।
६ महिनापछि ६ लेन सडक आयोजनाको समय सिमा सकिए संगै आयोजना फिर्ता जाने बिस्वस्त स्रोतको दावी छ।
यता दुहबी-इनरुवा ४ लेन सडक खण्डको १४ किलोमीटरकोलागि आएको १० करोड बजेट समेत फिर्ता जान सक्ने बिस्वस्त स्रोतको दावी छ।
सरोकारवालाले वास्ता न गरेपछि दुहबी-इनरुवा ४ लेन सडकको सुरुवाती चरणकोलागि आएको सो रकम फिर्ता जान सक्ने जनाइएको छ।
दुहबी- इनरुवा सडक खण्ड ठाउँ-ठाउँमा रोड साइड पट्टी ठुलो खाल्डो भएकोले दुर्घटनाको उच्च जोखिम भएकोले सरोकारवाला लगायत नेताकार्यकर्ताको ध्यानाकर्षण हुन जरुरी छ।
कम्तीमा १० बर्षदेखि वसोवास गर्दै आएका सुकुम्बासीलाई निःशुल्क र अव्यवस्थित बसोवास गर्नेलाई निश्चित शुल्क लिई जग्गा उपलब्ध गराइने भूमिसम्बन्धी ऐनमा गरिएको व्यवस्थाअनुसार भूमिहीन सुकुम्बासीलाई तोकिएको क्षेत्रफल निःशुल्क र अव्यवस्थित बसोवासीलाई प्रकृति, क्षेत्रफल, मूल्यांकन र आबाद कमोतको अवधिसमेत हेरी निश्चित शुल्क लिई जग्गा उपलब्ध गराइने ब्यबस्था छ ।
दश वर्षदेखि ऐलानी, सरकारी जग्गामा आबाद कमोत गरी आएका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई एकपटकका लागि सरकारले तोकिएको क्षेत्रफलको हद नबढ्ने गरी जग्गा उपलब्ध गराउने प्रावधान छ । लिगल प्रोपटि हुने नम्बरि जग्गालाई भने मुआविज़ा सहितको आपसि समझदारीमा जग्गा स्थान्तरण गर्न सकिने ब्यबस्था छ। भूमिहीन सुकुम्बासी वा अव्यवस्थित बसोवासीलाई उपलब्ध गराइएको जग्गा अंशबन्डा र अपुतालीको अवस्थामा बाहेक अन्य कुनै प्रक्रियाबाट दश वर्षसम्म हक हस्तान्तरण गर्न पाइनेछैन ।