दुहबी/ सुनसरी ३ मा प्रतिनिधि सभाको १ सय मत पत्र प्रदेश सभाको मतपेटिका गएको भन्दै बिवाद हुँदा सर्वदलिय सहमति हुन सकेको छैन । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा हाल सम्म पनि मत गणना सुरु हुन सकेको छैन ।
निर्वाचनमा खटिएका कर्मचारीबाट गम्भिर त्रुटि भएको आरोप लगाउदै सर्वदलिय बैठक उमेदवारहरुले स्थगित गरेको नेकपा एमाले गठबन्धनबाट जसपाका नेता रंजित गोश्वामिले बताए।
उनका अनुसार गढी गाउँपालिका वडा नम्बर १ स्थित मजदुर किसान स्कुल मतदान केन्द्रमा प्रतिनिधि सभाको १ सय मत पत्र प्रदेश सभाको मतपेटिका गएको र केही मत पेटिका उमेदवारका प्रतिनिधि लाई नराखी निर्वाचन कार्यालयले मत गणना स्थलमा प्रवेश गराएको आरोप लगाउदै सो अवधिको सिसि टिभी हेर्न समेत मांग राखेको बताएका छन ।
सहमति न हुदा सर्वदलिय बैठक स्थगन भएपछि सो विषयमा सुनसरी ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बिजय कुमार गच्छदारसंग बुझ्न खोज्दा कुनै प्रतिक्रिया दिन मानेनन् । सुनसरी क्षेत्र नम्बर ३ निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत उमाकान्त पौडेलसंग बुझ्दा सहमति गराउने प्रयास जारी रहेकोले आन्तरिक छलफल भैरहेको हुँदा अहिले केही भन्न न मिल्ने बताए।