दुहबी/ सुनसरी क्षेत्र नम्बर ३ मा कांग्रेसको ५ दलिय गठबन्धनमा नरहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पत्रकार सम्मेलनमार्फत प्रेस बिज्ञप्ति जारी गरेको छ। नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ ले लोसपाको चुनाव चिन्ह दुरुपयोग गरेको भन्दै निर्वाचन आयोगको कार्यालय सुनसरी क्षेत्र नम्बर ३ मा उजुरी परेको छ।
लोसपा सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधीसभा सदस्यका उम्मेदवार देवनारायण यादव सिपलियाले आफुहरु गठबन्धनमा नरहेको केन्द्रले कुनै परिपत्र नगरेकोले सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधि सभा र प्रदेशसभामा उम्मेदवारी दर्ता गराइ चुनाव चिन्ह साइकल छाप मा मत मागिरहेको पत्रकार सम्मेलनमार्फत
जनाए । देव नारायण यादवका अनुसार लोसपाले मधेश प्रदेश बाहेक नेपालभर कुनै पनि जिल्लामा गठबन्धन न गरेकोले सोहि मुताबिक हामि हाम्रो पार्टिको तर्फबाट उमेदवारी सहित चुनाव चिन्ह साइकलमा मत मागि रहेका छौ तर नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ का नेताकार्यकर्ताले हाम्रो चुनाव चिन्ह साइकलको दुरुपयोग गरि ब्यानर र पर्चा पम्प्लेटमा लोसपाको चुनाव चिन्ह राखेर कांग्रेसको पार्टी कार्यालयहरुमा समेत लोसपाको चुनाव चिन्ह राखेर गलत प्रचारप्रसार गर्दै जनतामा भ्रम श्रीजना गरेको जनाए ।
सुनसरी क्षेत्र नम्बर ३ बाट लोसपाका प्रदेशसभा क का उमेदवार मनिस प्रसाद रौनियारले मतदान सबैको अधिकार रहेको र आफ्नो पार्टिको चुनाव चिन्हको कांग्रेस गठबन्धन दलको नाममा प्रयोग गरेको प्रति आपत्ति जनाउदैं निर्वाचन आचारसंहिता विपरित काम गरेकोले कार्वाही को दायरामा ल्याउन उजुरी दिएको जनाए । उनले लोसपा सुनसरी ३ नम्बर क्षेत्रमा कांग्रेस गठबन्धमा नरहेको जिकिर गर्दै सुनसरी ३ नम्बर क्षेत्रवासि सम्पुर्ण लोसपा प्रेमिहरुलाइ साइकल छापमा मतदान गर्न आवहान गरेका छन्।