दुहवी/सुनसरीको दुहवीमा छठ पूजा समिति गठन गरिएको
छ । दुहवी स्थित शिव मन्दिरको परिसरमा बुधबार सम्पन्न स्थानीयको भेलाले आगामी छठ पूजाको लागि नयाँ कार्य समिति चयन गरेको हो ।
भेलाले पंकज हलुवाईको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अजित साहु, सुरज पासवान, चन्दन बैठा, सचिवमा सुनिल कुमार झा, सह–सचिवमा शिवा हलुवाई, कोषाध्यक्षमा हरी नारायण ठाकुर र सह–कोषाध्यक्षमा कुनाल रौनियार रहेका छन् । सदस्यहरुमा प्रमोद रौनियार, संजिव गुप्ता, जीवन हलुवाई, मुकेश हलुवाई, प्रेम हलुवाई, डि.के. झा, गोपी यादव, विजय हलुवाई, मनोज कुमार रौनियार, प्रविण अग्रहरी, रितेश हलुवाई र सुरज हलुवाई रहेका छन् ।
दुहवी स्थित बुढी खोला किनारमा छठ पर्व मनाउने श्रद्धालुका लागि कुनै असुविधा हुन नदिन समितिले आवश्यक कामको थालनी गरेको जनाइएको छ । छठ पूजा यहि कार्तिक १३ गते र १४ गते परेको छ । प्रेम र सदभावको प्रतिकको रुपमा रहेको यो पर्व उदाउदो सूर्यलाई अर्घ दिएपछि सुरु हुने र भोलिपल्ट अस्ताउदो सूर्यलाई अर्घदिए संगै समापन हुने गर्छ । दुहवीको नदी किनारमा हरेक वर्ष हजारौं श्रद्धालु भेला भई सूर्य भगवानको पूजापाठ गर्ने गरेको छ ।