दुहबी/ सुनसरीको दुहबीमा शुक्रबार भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिजय कुमार गच्छदार फेरि सुनसरी क्षेत्र नम्बर ३ बाट चुनावमा उठेर सातौं पटक बिजय हुने दावी गरेका छन्। पत्रकारहरु संगको संक्षिप्त कुराकानीमा गच्छदारले स्वतन्त्र न्यायपालिकाले आफुलाइ निर्दोष सावित गर्ने दावी गर्दै चुनावमा जनताको अदालतले न्याय दिएर बलियो जनाधार बनाउने जनाए।
नेपालि काँग्रेस दुहबी नगर समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालि कांग्रेसका केन्द्रिय सदस्य बिजय कुमार गच्छादारले स्थानिय नेता कार्यकर्ताहरुलाइ काँग्रेस मा प्रबेश गराएका थिए। स्थानिय चुनावमा टिकट बितरणमा असन्तुष्ट भएका कारण काँग्रेस परित्याग गरि बसेका १० जनालाइ गच्छादारले पुन काँग्रेसमै प्रबेश गराएका थिए। प्रबेश गर्नेहरुमा पुर्व राज्य मन्त्री सुमित्रा थरुनि, प्रदिप कुमार चौधरि , गुलाबि मिया, खेम नारायण चौधरि, सुबिर उपाध्याय, शशि कुमार चौधरि, प्रकाश राइ, श्याम दाहाल र अरबिन्द सरदार रहेका छन ।
उक्त कार्यक्रममा बोल्दै दुहबी कांग्रेस नगर सभापति तथा दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले स्थानिय चुनावमा असन्तुस्ट भै असहयोग गरेपनि काँग्रेसले नै चुनाव जितेको हुदा बिगतको गल्ति नदोहोरिने बिस्वास सहित आगामि मंशिर ४ मा हुने संघ र प्रदेशको चुनावमा पार्टिले न्याय संगत रुपमा टिकट दिएर पठाएको उम्मेदवार लाइ जिताउन सबै एक भएर लाग्नु पर्नेमा जोड दिएका थिए।
कांग्रेस नेता बिजय गछदारलाइ प्रतिसोधको आधारमा ओलि सरकारले लगाएको झुटो मुद्दा छिटै किनारा लाग्ने बिस्वास दिलाउदै मेयर गच्छादारले जसरी पनि मंशिर ४ मा संघ र प्रदेश दुबैतर्फ कांग्रेस लाइ जिताउनु पर्ने बताए। बिजय गच्छादारलाइ बिकाश बिरोधि भन्ने नेकपा एमालेकि नेतृ भगवति चौधरीले के बिकाश गरेको छ भन्दै मेयर गच्छादारले एक बिजय गच्छदार हुन सयौं भगवति चौधरि जन्मिनु पर्ने र बिकाशको मुल प्रवाह यस क्षेत्रमा सडक र पुल गच्छदारकै पालामा भएको बताउदै अहिले नगरले करोडौको ठुला योजना हरुमा हात हाल्न सफल भएको दावि गरे।
उनले स्थानिय चुनावमा बाहिरिए पनि अहिले पुन पर्टिमै फर्किन सफल हुनु भएको भन्दै सबैलाइ पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै कांग्रेसका नेता प्रदिप चौधरिले आफु केहि असन्तुस्टिका कारण पार्टि परित्याग गरेर बसेको तर कुनै पार्टिमा नगएको हुदा यो पार्टि प्रबेश होइन पुनरागमन भएको जनाए। नेकपा एमालेले आफुकहा हातमा मेयरको टिकट लिएर आएको तर आफु एमालेमा नगएको जिकिर गर्दै चौधरिले आफु काँग्रेस र बिजय गच्छादार छोड्नै नसक्ने बताए। उनले स्थानिय चुनावमा जे भयो गल्ति भयो भन्दै माफि मागेका थिए।
कार्यक्रममा बोल्दै सुनसरी जिल्ला सभापति केदार भण्डारीले कांग्रेस नभए मुलुक र प्रजातन्त्र नरहने भन्दै आगामि निर्वचनमा अत्याधिक बहुमतले काँग्रेस जिताउन लाग्नु पर्नेमा जोड दिए। उनले प्रदिप चौधरिले इमान्दारिताका साथ गल्ति स्विकारि माफि मागेको हुदा यो भन्दा ठुलो कुरा अरु नभएको बताएका थिए।