दुहबी/ सुनसरीको दुहबीमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को भातृ संगठन राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठन दुहबी नगर कमिटि गठन भएको छ। राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनका केन्द्रिय सदस्य रमेश बजगाइको अध्यक्षतामा एक कार्यक्रमका बिच राजन थापाको संयोजकत्वमा ५१ जना सदस्य रहँने गरि आइतवार राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठन गठन भएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनसरी जिल्ला अध्यक्ष दुर्गा बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरी क्षेत्र नम्वर ३ का सभापती इन्द्र श्रेष्ठ,राष्ट्रिय यूवा मोर्चा सुनसरी जिल्ला सचिव फडिन्द्र भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टी दुहबी नगर अध्यक्ष संग्राम हलुवाई लगायतले बोलेका थिए।
प्रदेश र प्रतिनिधि सभाको चुनाव नजिकिदै गर्दा यस क्षेत्रमा राप्रपाले आफ्ना गतिविधि बढाउँदै लगेको राप्रपा सुनसरी क्षेत्र नम्वर ३ का सभापती इन्द्र श्रेष्ठले जनाए । गत बैशाखमा भएको स्थानिय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सुनसरी क्षेत्र नम्वर ३ मा ३ हजार ३ सय ३१ मत प्राप्त गरेको थियो।