दुहबी/सुनसरीको दुहबी नगरपालिका भित्र संचालनमा रहेका विभिन्न स्वास्थ्य संस्था बिरुद्ध केही दिन अगाडी उजुरी परे पछि सोमबार दुहबी नगरपालिका स्वास्थ्य शाखाले दुहबी ३ स्थित रहेको सुनसरी सामुदायिक अस्पताल सहित ६ स्वास्थ्य संस्था लाई ५ दिन भित्र सम्पुर्ण कागज पत्र सहित उपस्थित हुन परीपत्र सहित निर्देशन दिएको दुहबी स्वास्थ्य शाखाका प्रमुख बिन्देस्वर महतोले जनाएका छन। दुहबी नगरपालिका स्वास्थ्य शाखाका अधिकृत बिन्देस्वर महतोका अनुसार उक्त ६ वटा स्वास्थ्य संस्थाहरु मध्ये दुहबी ३ स्थित रहेको सुनसरी सामुदायिक अस्पताल, दुहबी सिटि अस्पताल,दुहबी ४ स्थित रहेको पिपुल्स सामुदायिक अस्पताल, दुहबी ३ स्थित रहेको इजि केयर स्वास्थ्य सेवा प्राली, दुहबी ४ स्थित रहेको ओम मेडिकल हल र दुहबी ४ स्थित रहेको न्यु हेल्थ क्लिनिकलाई परिपत्र गरिएको जनाइएको छ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा बिभाग तथा प्रदेश तथा स्थानीय तहबाट कुनै संचालन दर्ता अनुमती न लिइ औषधि जन्य सामान तथा जनस्वास्थ्य सम्बन्धी उपचार गर्न नपाउने कानुनी ब्यवस्था रहेता पनि दुहबीमा यस्ता स्वास्थ्य संस्थाहरु तथा अस्पतालले कानुनी मापदण्ड पूरा नगरी अन्धाधुन्ध आफू खुशी स्वास्थ्य संस्थाहरु संचालन गरेको व्यापक जनगुनासो आउन थालेकोले स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा मुनाफा आर्जनकै लागि गरिने व्यापारले जनताको जन जिबनमा ठूलो खेलबाड भएको हुदा स्थानीयहरुले उजुरी दिएको थियो । कतिपय स्वास्थ्य संस्थाहरुले दुहबीमा नेपाल सरकारले प्रतिबन्धित गरेको औषधि समेत बिक्री गरेको आशंका स्थानीयले गरेका छन् ।
उक्त लागू औषधले युवा बर्गहरुमा समेत कुलत बढेको स्थानिय हरुको जन गुनासो बढ्दो छ।
यसरी दर्ता र अनुमति बिना संचालन मा रहेका स्वास्थ्य संस्थाहरुले ठूलो रकम असुली गरे पनि बिरामी भै आउने आम नागरिकको स्वास्थ्यमा खतरा बढ्दै गएको स्थानीयको गुनासो छ।
स्थानिय अग्रज ब्यक्तिहरुले पटक-पटक सचेत गराउदा समेत अटेर गरेको साथै धम्की समेत आउने गरेको स्थानियहरु बताउछन्। सोही विषयमा जनस्वास्थ्यको सरोकारलाई लिएर दुहबी नगरपालिकाको स्वास्थ्य शाखामा स्थानीयहरुले छानबिन सहित कार्वाहिको दायरामा ल्याउनु पर्ने माग सहित केही दिन अगाडी उजुरी परेको थियो। यता सुनसरी सामुदायिक अस्पतालका संचालकले आफ्नो अस्पताल २५ शैय्याको अनुमती लिएको दाबी गरेका छन भने इजि केयर स्वास्थ्य सेवा प्रालिका संचालकले १ बर्षको लागि परिक्षणको अनुमती पाएको दाबी गरिरहेका छन बांकी ४ वटा स्वास्थ्य संस्था दर्ता अनुमतिको प्रोसोशेसमा रहेको बताउदै आएका छन ।
उता दुहबी नगर स्वास्थ्य शाखा प्रमुख बिन्देस्वर महतोका अनुसार सुनसरी सामुदायिक अस्पताल १५ शैय्या अनुमती रहेको जानकारी भएता पनि २५ शैय्या अस्पतालको अनुमतिको आधिकारिक जानकारी दुहबी स्वास्थ्य शाखालाई नभए पछि दर्ता अनुमती कागज पत्र मागीएको बताए। इजि केयर स्वास्थ्य सेवा प्रालीलाई १ बर्षको परिक्षणको अनुमती दिएको तर हाल सम्म स्वास्थ्य संस्थाको मापदण्ड पूरा न गरेको जन गुनासो आएकोले मापदण्ड पूरा न गरे कार्वाहीको दायरामा ल्याउने महतोले जनाए। ३ दिन अगाडी कोचिला खवरमा समाचार आएपछि समाचारको प्रभाव अनुसार दुहबी स्वास्थ्य शाखा कार्यालयको ध्यानाकर्षण भएको हो।