दुहबी/ सुनसरीको दुहबी नगरपालिका भित्र संचालनमा रहेका विभिन्न ५ स्वास्थ्य संस्था बिरुद्ध उजुरी परेको छ। दुहबी नगरपालिका स्वास्थ्य शाखाका अधिकृत बिन्देस्वर महतोका अनुसार दर्ता अनुमति न लिइ संचालनमा रहेका उक्त ५ स्वास्थ्य संस्थाहरु मध्ये दुहबी ३ स्थित रहेको दुहबी सिटि अस्पताल, दुहबी ४ स्थित रहेको पिपुल्स सामुदायिक अस्पताल, दुहबी ३ स्थित रहेको इजि केयर स्वास्थ्य सेवा प्राली, दुहबी ४ स्थित रहेको ओम मेडिकल हल र दुहबी ४ स्थित रहेको न्यु हेल्थ क्लिनिक रहेको जनाए ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा बिभाग तथा प्रदेश र स्थानीय तहबाट कुनै संचालन अनुमती न लिइ औषधि जन्य सामान तथा जनस्वास्थ्य सम्बन्धी उपचार गर्न नपाउने कानुनी ब्यावस्था रहेता पनि दुहबीमा यस्ता स्वास्थ्य संस्थाहरु तथा अस्पतालले कानुनी मापदण्ड पूरा नगरी अन्धाधुन्ध आफू खुशी स्वास्थ्य संस्थाहरु संचालन गरेको व्यापक जनगुनासो आउन थालेकोले स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा मुनाफा आर्जनकै लागि गरिने व्यापारले जनताको जन जिबनमा ठूलो खेलबाड भएको हुदा स्थानीयहरुले उजुरी दिएको नाम न खुलाउने शर्तमा एक स्थानीयले बताए ।
कतिपय स्वास्थ्य संस्थाहरुले दुहबीमा नेपाल सरकारले प्रतिबन्धित गरेको औषधि समेत बिक्री गरेको आशंका गरिएको छ। उक्त लागू औषधले युवा बर्गहरुमा समेत कुलत बढेको स्थानिय हरुको जन गुनासो बढ्दो छ।
यसरी दर्ता र अनुमति बिना संचालन मा रहेका स्वास्थ्य संस्थाहरुले ठूलो रकम असुली गरे पनि बिरामी भै आउने आम नागरिकको स्वास्थ्यमा खतरा बढ्दै गएको स्थानीयको गुनासो छ। स्थानिय अग्रज ब्यक्तिहरुले पटक-पटक सचेत गराउदा समेत अटेर गरेको साथै धम्की समेत आउने गरेको स्थानियहरु बताउछन्।
सोही विषयमा जनस्वास्थ्यको सरोकारलाई लिएर दुहबी नगरपालिकाको स्वास्थ्य शाखामा स्थानीयहरुले छानबिन सहित कार्वाहिको दायरामा ल्याउनु पर्ने माग सहित उजुरी दिएका छन। सो बिषयमा दुहबी सिटि अस्पतालका संचालक प्रविन चौधरीका अनुसार आफ्नो अस्पतालको सबै मापदण्ड पुगेकोले अनुमती लिने प्रोसेशमा रहेको बताए ।